मजदूरहरूका लागि उद्योग परिसंघले गर्यो खाद्यान्न सहयोग

काठमाडौं। नेपाल उद्योग परिसंघले दैनिक ज्यालादारी गर्ने मजदूरहरूको लागि राहत सामग्री उपलब्ध गराएको छ।

केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा परिसंघले लकडाउनको बेला न्यून आय भएकाको परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको हो।

यही क्रममा २० चैतमा सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेमविक्रम थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामग्री उपलब्ध गराएका छन्।

त्यस्तै प्रदेश १ को उद्योग परिसंघका संयोजक प्रदीप शारदाले मुख्यमन्त्री शेरधन राइलाई राहत सामग्री हस्तान्तरण गरेका छन्।

दुवै प्रदेशमा दाल, चामल, नुन, तेललगायत अत्यावश्यक खाद्य सामग्रीसहितको एक÷एक हजार प्याकेटहरु हस्तान्तरण गरिएको परिसंघले जनाएको छ।

परिसंघले स्वास्थ्यकर्मीहरूलाई समेत आवश्यक स्वास्थ सामग्री वितरण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्