कोभिड-१९ कोषमा इन्सेकको १० लाख चार हजार ६५४ रूपैयाँ सहयोग <p>काठमाडौं। मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारले स्थापना गरेको कोभिड-१९ कोषमा १० लाख चार हजार ६५४ रूपैयाँ सहयोग गर्ने भएको छ।</p> <p>इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्&zwj;ठले विज्ञप्ति जारी गर्दै&nbsp; इन्सेकमा कार्यरत् पूर्णकालीन कर्मचारी, ७७ जिल्लामा कार्यरत् जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत् कर्मचारीहरूको सात दिनको तलबवापतको रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी गराएकी छिन्।</p> <p>विज्ञप्तिमा यो सहयोगले कोरोना भाइरस संक्रमणको रोकथाम गर्न सरकारले गरेको प्रयासमा यो सहयोगले केही सघाउ पुग्&zwj;ने अपेक्षा गरिएको उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्