एम्बुलेन्स र एम्बुलेन्स चालकलाई संक्रमणको जोखिममुक्त राख्न कुनै पनि निकायले ध्यान नदिएको आरोप छ भीमको।
उनीहरू एम्बुलेन्स थन्काउन चाहँदैनन्। तर बाध्य भएर थन्काउने स्थिति नआओस् भनेर सीडीओलाई भेटेको भीम बताउँछन्।
एम्बुलेन्स चालक नै रोगले संक्रमित भए उनीहरुबाट अन्यमा सर्न सक्छ।
“हुन सक्छ, आज एउटा कोरोना नलागेको विरामी लगिन्छ, भोली ज्वरो आएको बिरामीलाई लगिन्छ, पर्सि डेलिभरीको केस आउँछ, हामीले यो त्यो भन्ने कुरा आउँदैन। एम्बुलेन्सले सेवा दिने हो, छिटो भन्दा छिटो पुगेर उहाँहरुलाई उद्दार गर्ने हो,”उनी भन्छन्, “हिजोको विरामीमा कोरोना होला या नहोला, तर त्यो बिरामी अस्पतालमा पुर्याउने वित्तिकै एम्बुलेन्समा स्प्रे गरे हामी ढुक्क हुन्थ्यौँ। मनोबल बढ्थ्यो। र अर्काे बिरामीलाई पनि ढुक्कसाथ उपचार केन्द्रमा पुर्याउन सक्थ्यौँ। यसमा कसैको चासो छैन।”
देशैभरका एम्बुलेन्सलाई जिल्ला, केन्द्रबाट ठाउँ ठाउँमा डिसइन्फेक्टर दिएर, यो स्प्रे गरेर मात्रै विरामी लैजानु है भनेर जानकारी दिनुपर्ने आग्रह उनले गरे।
“एम्बुलेन्सहरूमा चालकको कक्ष र बिरामी बस्ने कक्ष छुट्टिन पर्छ। तर मेरो एम्बुलेन्समा यो पनि छैन, बनाउन जाउँ भने नि पसलहरु सबै बन्द छन्। "- एम्बुलेन्स चालक उत्सव केसी
टोल-टोलमा स्प्रे गर्ने नगरपालिकाले नै एम्बुलेन्सलाई पनि डिसइन्फेक्टर दिनुपर्ने उनको धारणा छ। नगरपालिकाले प्रहरी चौकीको माध्यमबाट एम्बुलेन्सलाई स्प्रे वितरण गर्न उनी आग्रह गर्छन्।
उनी भन्छन्, “विभिन्न निजी अस्पतालले आफ्नो स्टाफ बचाउन दिएको होला। तर हामी जस्तो गाउँको सानो समितीबाट थोरै बजेटमा सञ्चालित एम्बुलेन्सले यो अफोर्ड गर्न सक्दैन। हामी सुरक्षित भयौं भने पो अरुलाई पनि सुरक्षित राख्न सकिन्छ। अनि हाम्रो सुरक्षा गर्ने सरकारको दायित्व हो।”
भीमले जस्तै गुनासो गर्छन् भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले पनि। दिनहुँ १० देखि १२ बिरामी बोक्छन् कोजुले।
उनले पनि संघले दिएको पिपिइ मात्रै पाएका छन्। उनलाई पनि कसैले डिसइन्फेक्टर दिएको छैन। उनी पनि डरैडरको बिचमा बिरामी ओसारिरहेका छन्।
“बिरामीको चाप एकदमै धेरै छ। कतिपय अवस्थामा बिरामीलाई त हामीले नै समातेर ओराल्ने, उकाल्ने गर्नुपर्छ”, उनले भने, “तर हामीसँग न स्यानिटाइजर छ, न त राम्रो पञ्जा, माक्स। हामीले नै किनौँ भने नि कति किनौँ, थोरैले पुग्ने होइन। डरैडरमा काम गर्नुपरेको छ।”
चाँगु प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालित एम्बुलेन्स चलाउँछन् उत्सव केसी। उनले पनि पाएको पिपिई प्रयोग गरिरहेका छन्।
तर, हरेक दिन प्रयोग गर्दा मास्क र पञ्जा नपुग्ने भएको छ। डिसइन्फेक्टर नहुँदा उनले पनि डरैडरमा बिरामी ओसारिरहेका छन्।
“एम्बुलेन्सहरूमा चालकको कक्ष र बिरामी बस्ने कक्ष छुट्टिन पर्छ। तर मेरो एम्बुलेन्समा यो पनि छैन”, उनले भने, “बनाउन जाउँ भने नि पसलहरु सबै बन्द छन्। स्यानिटाइजर र स्प्रे भएको भए मात्रै नि ढुक्क हुन्थ्यौँ। अहिले बिरामीको फोन आए नि डर लाग्छ। खै कस्ले सुन्ने हाम्रो कुरा ?”
" />एम्बुलेन्स र एम्बुलेन्स चालकलाई संक्रमणको जोखिममुक्त राख्न कुनै पनि निकायले ध्यान नदिएको आरोप छ भीमको।

">