हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकाले कोभिड–१९ (कोरोना भाइरस) सँग सम्बन्धित वीरामीको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री आफै खरिद गर्ने प्रक्रिया थालेको छ।
संघीय र प्रदेश सरकारसँग पटक-पटक ताकेता गर्दा पनि आवश्यक सामाग्रीहरू उपलब्ध हुन नसकेपछि खार्पुनाथ गाउँपालिका आफै नै ती सामाग्री खरिद गर्ने निर्णयमा पुगेको हो। संक्रमणबाट जोगिन तथा गाउँपालिकामा स्थापना भएका हेल्थ क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरूको परीक्षण गर्न सहज होस् भनेर आफै सामाग्री खरिद गर्ने निर्णय गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए।
संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको कोरोना भाइरससँग सम्बन्धित उपचारमा प्रयोग हुने सामाग्रीहरु आफ्नो पालिकाले नपाएको र पाउने अवस्था पनि नरहेको देखेपछि आफै अघि बढ्नु परेको समेत रावलले बताए।‘‘कोभिड–१९ को डलाग्दो अवस्थामा हामीले पालिकाका तीन स्थानमा थर्मोमिटरका भरमा हेल्थ डेस्क राखेर सेवा दिइरहेको छौं’’, अध्यक्ष रावलले भने, ‘‘प्रदेश र संघीय सरकारको मुख ताकेर बस्नुभन्दा आफै खरिद गर्दा संक्रमणबाट जोगिन सकिने देखेपछि सामाग्री खरिद गर्ने निर्णय गरेका हौं।’’
रावलका अनुसार थर्मल गन, पीपीई, सर्जिकल मास्क, ग्लोब्स, चश्मा, एन नाइन्टिन मास्क, स्प्रिट लगायका सामग्री खरिदको प्रक्रिया सुरु गरिसकिएको छ।