मजदूरका लागि सुदूरपश्चिम यातायातले गर्यो खाद्यान्न सहयोग
<p>कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदूरका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।</p>
<p>प्रालिका अध्यक्ष पदमराज सापकोटाले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई २० कट्टा चामल, पाँच पेटी खानेतेल, दुई बोरा नुन र ५० केजी दाल हस्तान्तरण गरेका हुन्। </p>
<p>लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्ने व्यक्तिका लागि केही सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको सापकोटाले बताए।</p>
<p>धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उक्त खाद्यान्न सामग्री न्यून आय भएका व्यक्तिलाई वितरण गरिने जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्