तसलिमा भन्छिन्- 'लकडाउनका नौ दिन ९० दिनजस्तो'
<p>नयाँदिल्ली। भारतमा निर्वासित जीवन बिताउँदै आएकी बंगलादेशी लेखिका तसलिमा नसरिनले कोभिड-१९ को जोखिम कम गर्न लकडाउनका नौ दिन ९० दिनजस्तो पट्यारलाग्दो बनेको टिप्पणी गरेकी छन्।</p>
<p>उनले ट्विटमार्फत भनेकी छन्- ‘नौ दिन ? ९० दिनजस्तो अनुभूति भइरहेको छ।’ दुई घण्टाअघि अर्को ट्विट गर्दै तसलिमाले कोरोना भाइरसको संक्रमण हाछ्युँ गर्दा र खोक्दा मात्र नभई कुराकानी गर्दा र सास फेर्दा पनि सर्ने अध्ययनबाट देखिएकामा चिन्ता व्यक्त गरेकी छन्। ‘भाइरस हावामै छ, हावाबाटै यो एकअर्कामा सर्ने जोखिम छ।’ उनले कोरोना भाइरसले मानव जातिको अस्तित्वमाथी नै संकट पैदा गरेको उल्लेख गरेकी छन्।</p>
<p>यो कतै मानव समाज नै विलुप्त हुने जोखिमको शुरुवात त होइन यो ?’</p>
<p>एक अर्को ट्विटमा तसलिमाले धार्मिक विश्वासहरू केवल परिकथा मात्र रहेको कोरोना भाइरसको महामारीले प्रमाणित गरिदिएको दाबी गरेकी छन्। एक मदरसाले कोरोना भाइरसको परीक्षण अनिवार्य गरेकामा खुशी व्यक्त गर्दै उनले उक्त ट्विट गरेकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्