काठमाडौं। स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल नेपाल एअरलाइन्सका दुवै वाइडबडी ए-३३० जहाज काठमाडौं फर्किएको छ।
ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट स्वास्थ्य सामग्री लिएर आज बिहान दुई बजेर ५७ मिनेटमा र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले बताए।
स्वास्थ्य सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज हिजो, २० चैत बिहान ग्वाङ्जाओ उडेको थियो।
यसअघि १६ चैतमा पनि निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट कोभिड-१९ को रोकथाम तथा उपचारमा प्रयोग हुने सामग्री ल्याइएको थियो।
त्यसैगरी दुई दिनअघि निगमको अर्को चार्टर्ड विमान अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक बोकेर मलेशिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो।
निगमले वाइडबडी जहाजले पहिलो पटक अष्ट्रेलिया उडान गरेको जनाएको छ।
निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो। रासस
" /> काठमाडौं। स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल नेपाल एअरलाइन्सका दुवै वाइडबडी ए-३३० जहाज काठमाडौं फर्किएको छ।

">