हुम्लामा जहाजबाट पन्ध्र सय केजी खाद्यान्न पुर्याइयो

काठमाडौं। दुर्गम जिल्ला हुम्लामा जहाजबाट एक हजार ५०० केजी खाद्यान्न पुर्‍याइएको छ।

तारा एअरको नाइनएन-एइभी ट्वीनअटर जहाजले केहीबेरअघि हुम्ला सदरमुकाम सिमकोट विमानस्थलमा खाद्यान्‍न पुर्‍याएको हो।

नेपाल खाद्य संस्थानको अनुरोधमा नेपालगंज विमानस्थलबाट चामल, तेललगायतका अत्यावश्यक खाद्य सामग्री लगिएको यति एअरलाइन्सले जनाएको छ।

लकडाउनको अहिले आन्तरिक तथा बाह्य उडान बन्द छन्।

तर उद्धार, राहतलगायतका अत्यावश्यक सेवामा भने उडानहरू संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस्