कोभिड-१९ परीक्षण गर्ने प्रयोगशाला सातै प्रदेशमा विस्तार गरिँदै, हेर्नुहोस् कुन-कुन अस्पतालमा हुनेछ परीक्षण
काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ परीक्षण गर्ने प्रयोगशाला सातै प्रदेशमा स्थापना गरिँदै छ। हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र हुँदै आएको परीक्षण प्रयोगशाला स्थापनापछि सातै प्रदेशमा हुनेछ।

प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशमा त्यसरी प्रयोगशाला स्थापना गरिसकिएको छ भने बाँकी चार वटा प्रदेशमा प्रयोगशालामा उपकरणहरू जडानको क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ का लागि प्रयोगशाला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थापना गरिएको छ। त्यहाँ १६ चैतदेखि परीक्षण नै शुरू भइसकेको छ। २० चैत साँझसम्म १२ जना व्यक्तिको स्वाबको नमूना परीक्षण गरिएकोमा धरानमा कसैलाई पनि कोभिड-१९ देखिएको छैन।

प्रदेश २ का लागि जनकपुर प्रादेशिक अस्पातालमा प्रयोगशाला स्थापना गरिँदै छ। उक्त अस्पतालमा प्रयोगशालाका उपकरणहरू जडान हुने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै बागमती प्रदेशका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा प्रयोगशाला स्थापना गरिएको छ। प्रयोगशालामा आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान गरिसकिएको र जाँचका लागि तयारी अवस्थामा राखिएको बताइएको छ।

गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको प्रयोगशालामा १८ चैतदेखि परीक्षण थालिएको छ। २० चैत दिउँसो ४ बजेसम्ममा तीनजनाको स्वाबको नमूना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण देखिएको छैन।

प्रदेश ५ का लागि लुम्बिनी प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा स्थापना गरिने प्रयोगशालामा उपकरणहरू जडान गर्ने क्रममा छन्। त्यस्तै कर्णाली प्रदेशका लागि सुर्खेत प्रादेशिक अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा सम्पूर्ण उपकरणाहरू जडान गरिसकिएको छ। त्यहाँ नमुना परीक्षणको तयारी भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा हालसम्म एक हजार १७० जनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको छ। यी ६ वटै ‘केस’ आयातीत हुन्। अध्यययन वा कामको सिलसिलामा नेपाल बाहिर रहेका व्यक्तिहरू ती स्थानमा कोभिड-१९ को महामारी फैलिएसँगै नेपाल फर्किएका थिए। यहाँ आएर लक्षण देखिएपछि परीक्षण गर्दा उनीहरूमा कोभिड-१९ को संक्रमण देखिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्