विराटनगरमा विपन्न परिवारलाई खाद्यान्न, अशक्तलाई खाना
<p>विराटनगर। विराटनगरका विभिन्न संघसंस्थाले ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन्।</p>
<p>मुस्लिम कम्युनिटी सेन्टरले विराटनगर-६ प्रगति टोलका ३०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो।</p>
<p>मुस्लिम नेता वसिम आलमले सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्ने गरीब तथा विपन्न परिवारलाई खाद्यान्नको सङ्कट परेको जानकारी प्राप्त भएसँगै राहत वितरण गरिएको बताए।</p>
<p>नेता आलमले लकडाउनबाट प्रभावित विराटनगरका भित्री सडकमा रहेका विपन्न, रोजगारविहीन, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक तयारी खाना वितरण गर्दै आइरहेको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्