कोरोना नियन्त्रण तथा उपचार कोषमा इन्भेष्टमेन्ट बैंकको एक करोड सहयोग

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ।

नेपाल सरकारले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेको बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएरआर) अन्तर्गत उक्त रकम सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले बताएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले संघीय, प्रदेश तथा स्थानीय सरकारले स्थापना गरेको कोषमा सहयोग गरेको रकमलाई पनि बैंकले सीएसआरमा खर्च गरेको रकम नै मान्ने व्यवस्था गरेको छ।

तर, सबै प्रदेशमा १० प्रतिशतका दरले हुनुपर्ने सीएसआरको खर्च जस्तै सरकारी कोषका दिएको रकम पनि सोही अनुरूप सबै प्रदेशमा १० प्रतिशत पर्ने गरी दिएको हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्