वासिङ्टन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेकाे दोस्रो परीक्षणमा पनि उनलाई कोरोना भाइरसकाे संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लोपटक राष्ट्रपति ट्रम्पको कोभिड-१९ परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएको जानकारी दिए। उनले ट्रम्पको कोरोना भाइरस परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए।
फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए।
कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए। यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरूलाई अरू बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो।
संयुक्त राज्य अमेरिका अहिले कोरोना भाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ। अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन्। - रासस/एएनआई
" /> वासिङ्टन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेकाे दोस्रो परीक्षणमा पनि उनलाई कोरोना भाइरसकाे संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लोपटक राष्ट्रपति ट्रम्पको कोभिड-१९ परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएको जानकारी दिए। उनले ट्रम्पको कोरोना भाइरस परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए।

">