काठमाडौं। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लामो समयपछि परिवारसँग समय बिताइरहेका छन्।
सामाजिक कार्यमा सक्रिय रहेका उनीहरूले कहिले एकता बस्ती निर्माणमा त कहिले रंगशाला निर्माणको काममा व्यस्त रहँदा परिवारसँग पर्याप्त समय बिताउन पाएका थिएनन्। तर, अहिलेको लकडाउनले भने दुबै परिवारलाई एक साथ राखिएको दिएको छ।
सुन्तलीका आमाबुवा, दाजु भाउजु तथा धुमुर्सका आमाबुवा तथा भाइहरू यतिबेला एउटै घरमा क्वारेन्टाइनमा छन्। यही फुर्सदको समयमा उनीहरूले केही वर्षदेखि रोकिएको कलालाई निरन्तरता दिन थालेका छन्। केहीदिन पहिले धुर्मुस र उनका भाई कुमारको एउटा जनचेतामुलक भिडिओ सामाजिक सञ्जालमा राखिएको थियो।
घरमै बसेर धुर्मुस–सुन्तलीले लकडाउन दोहोरी शुरू गरेका छन्। एक समयको चर्चित मेरी बास्सैको मुस्कान पासा र फतौरी बुढीको भूमिकामार्फत लकडाउन दोहोरी थालेका हुन्।
उनीहरूले उक्त दोहोरीको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। आज सार्वजनिक गरिएको लकडाउन दोहोरीको दोस्रो भागमा मजदुर, राहत लगायतका विषय उठान गरेका छन्। साथै, चीनबाट गरिएको स्वास्थ्य सामग्री खरिदको विषयमा पनि उनीहरूले कटाक्ष गरेका छन्। यस्तो छ उनीहरूको लकडाउन दोहोरी भाग–२ :
०००
हाम्रो सरकार के गरी बस्याछन्
मजदुर जति सीमामा फस्या छन्
जाइफूलको बासना, उद्धार गरी क्वारेन्टाइनमा राखन।
०००
सरकारको योजना पर्खौँन
सोच्दै होला नेपाली फर्काउन

शहर बजार महंगी बढेको
गाउँघरमा तरकारी सडेको
जाइफूलको बासना, गरिबलाई देउन रासन।
०००
हल्ला सुन्छु गाइँगाइँ र गुइँगुइँ,
पीपीई केसमा पर्यो रे खुइका खुई,
जाइफूलको बासना, कमिसनलाई कडा शासन।
०००
भ्रष्टाचार, कमिसन, घुसखोरी,
विपत्तिमा नि यो मनपरी,
जाइफूलको बासना, लागू गर कडा शासन।
०००
कोरोनाले सिकायो जुट्नलाई,
आपत् विपत् जेमा’नि उठ्नलाई,
जाइफूलको बासना, हाँसी खुशी घरमै बसन।