काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराेना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन सकिने गरी नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।
साे एपबाट घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा विस्फोटक पदार्थलगायत अन्य विविध घटनाबारे प्रयोगकर्ताहरूले जानकारी दिन सक्नेछन्।
यस्तै उक्त एपलाई अपडेट गरेर लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना, जानकारी एपमार्फत् दिन सकिने नेपाल प्रहरीले जनाएको छ।
गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट साे एप माेबाइलमा डाउनलाेड गर्न सकिनेछ।
यसअघि कोभिड-१९ बारे जानकारी लिन/दिनका लागि नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि एप सञ्चालन गरेका छन्।
" /> काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराेना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन सकिने गरी नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।साे एपबाट घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा विस्फोटक पदार्थलगायत अन्य विविध घटनाबारे प्रयोगकर्ताहरूले जानकारी दिन सक्नेछन्।

">