जनकपुरधाम। प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय ‘कोरोना नियन्त्रण तथा रोकथाम’ निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई दिएको छ।
समितिको आज बसेको बैठकले प्रदेशको स्वास्थ्य सल्लाहकार समितिलाई कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारलाई गर्नुपर्ने कामबारे तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने जिम्मेवारी दिइएको हो।
बैठकले समितिलाई छिटो नीति तयार गरी सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ।
स्वास्थ्य सल्लाहकार समितिमा डा. रामकेवल साह, डा. सुरेन्द्र यादव, डा. प्रवीण मिश्र, डा. काशीकान्त झा, डा. विजयकुमार सिंह, डा. गरिबदास ठाकुर, डा. जेके लाल रहेका छन्। सल्लाहकार समितिका सदस्य डा. साहले आजबाट नै कार्य प्रारम्भ गरेर यथाशीघ्र आफ्ना सुझाव सरकारलाई बुझाउने बताए।
प्रदेश २ मा एक हजार १४५ क्वारेन्टाइनमा
कोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखिम हुन नदिन प्रदेश नं. २ को आठ जिल्लामा एक हजार १४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले आज दिएको जानकारी अुनसार ३७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये ४६ लाई क्वारेन्टाइनमा पठाइएको छ।
धनुषामा पाँच तथा पर्सामा दुई गरी सात जना आइसोलेसनमा रहेको बताइएको छ। प्रदेशमा हालसम्म एकजनामा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छैन। रासस
" /> जनकपुरधाम। प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय ‘कोरोना नियन्त्रण तथा रोकथाम’ निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई दिएको छ।समितिको आज बसेको बैठकले प्रदेशको स्वास्थ्य सल्लाहकार समितिलाई कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारलाई गर्नुपर्ने कामबारे तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने जिम्मेवारी दिइएको हो।

">