काठमाडाैं। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई ‘लकडाउन’ गरिएको छ। कतिपयलाई लकडाउनको एकान्तवास कटाउन मुस्किल छ।
टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै छ। तर, कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित छ।
काेराेना भाइरसले सिङ्गो विश्वलाई प्रभावित बनाइरहेको बेला कलाकार क्यानभास रङ्ग्याउन व्यस्त छन्। ‘जहाँ चुनौती त्यहाँ अवसर’ भनेझैँ लकडाउनलाई नेपाली चित्रकारले महत्त्वपूर्ण अवसरका रूपमा सदुपयोग गरेका हुन्। यतिबेला कलाकारले कोरेका चित्रमा उनीहरूको कल्पना मात्र हैन अहिलेको वास्तविकताले मूर्त रूप पाएको छ। क्यानभासमै सो भाइरसको जोखिम र रोकथामका सन्देश चित्रकारिताबाटै समुदायलाई दिइरहेका छन्। कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन्। फरक फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन्।
स्वदेश विदेशका दृश्यलाई समेटेर क्यानभास रङ्ग्याइरहेका चित्रकारले पुराना थाती रहेका काम छोट्याउँदै छन्। थन्किएका क्यानभासका खापा उघार्दैछन्। रातपछिको दिनजस्तै रङ्गीन उज्यालो चित्रमा भर्दैछन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य औपचारिक कामबाट फुर्सदिलो छन्। त्यसबीचमा थाती रहेका चित्रकारिताका काम गर्न थालेकाले उनलाई भ्याइनभ्याई छ। कर्माचार्य चित्र सिर्जना गर्ने र त्यसलाई भिडिओ बनाएर युट्यूबमा राख्दै अरूलाई ऊर्जा दिँदै छन्।
एक वर्षअघि शिवरात्रिका बेला पशुपतिमा खिचिएको साधुको मुहार चित्र स्केचमै थन्किएको थियो। लकडाउनले त्यो स्केचलाई पूर्णता दिने अवसर लकडाउनले दियो। उनका खाली हातमा कुची चले अनि रङले खुल्ने ठाउँ प्राप्त गरे। हेर्दाहेर्दै बन्यो सग्लो सुन्दर पोट्रेट। “थाती रहेको पोट्रेट सकेँ, एउटा एब्सट्र्याक पनि सकेँ, अब अर्काे ठूलो एब्सट्र्याक बनाउने सोचमा छु”, कुलपति कर्माचार्यले भने।
अन्य कलाकारलाई सुझाव दिँदै उनले भने, “मौकाको सदुपयोग गरौँ, एक त रोगको महामारी, अर्काे आफ्नै काम पनि बन्ने भएकाले घरमै काम गर्ने अवसर नगुमाऔँ।”
एउटा कलाकारका लागि चाहिने वातावरण बनेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय लकडाउनको भरपुर सदुपयोग गरिरहेकी छन्। कलाकारका लागि चाहिने शान्ति उनलाई मिलेको छ। त्यसैले उनी बन्द कोठाभित्रै प्रकृतिसँग कुरा गर्न सजिलो महसुस गर्छिन्।
गीतामा कर्मअनुसारको फल प्राप्त हुने उल्लेख छ। अहिले कोरोना भाइरसको कहरलाई उपाध्याय गीताको सारसँग दाँज्छिन्। प्रकृति बिगारिँदाको परिणामलाई बिम्ब बनाएर कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सिर्जनामार्फत् उनले आह्वान गरेकी छन्। एकातर्फ कोरोना भाइरसले प्रभावित बनाएको छ तर, अर्कोतर्फ लकडाउनले विश्व शान्त भएका बेला आकाश र बादलसमेत मुस्कुराइरहेको अनुभव भइरहेको उनी बताउँछिन्।
उनका चित्रमा चरा, जनावरले आँसु चुहाइरहेका छन्। प्रकृतिले आँसुँ बगारहेको छ। जताततै दुःख र कष्टमात्रै छ। प्रकृतिले आफ्नो ठाउँ खोजेको भान देखिन्छ। त्यसैलाई बिम्ब बनाएर चित्रमार्फत् प्रकृतिलाई जोगाउन आह्वान गरेको उनले बताइन्। भन्छिन्, “हजारौं वर्ष अगाडिदेखिको प्रकृतिको विनाशबाट भएकोे असह्य वेदना आज कोरोना आँसुको रूपमा हाम्रो बीचमा आएर आफ्नो आँसुको मूल्य खोज्दै छ, आफ्नो अस्तित्व खोज्दै छ, त्यसैले आफू पनि बाँचाैं र प्रकृतिलाई पनि बचाउँ।”
अग्रज कलाकार राधेश्याम मुल्मी पनि कला सिर्जनामा रमाउँदै छन्। उनले कोरोना भाइरसबाट सिर्जित समस्यालाई चित्रात्मकरूपमा सन्देश प्रवाह गर्दै छन्। एउटा मान्छेले बाँदरसँग हात मिलाउन खोज्दा, त्यो बाँदर भने हात मिलाउन आउँदैन। ऊ नमस्कार गर्छ। अन्य बाँदरहरू उक्त दृष्यलाई छक्क परेर नियालिरहेका छन्। उनको चित्रको ‘थिम’ त्यही छ।
मानिसलाई गाली गर्दा कतिपयले उच्चारण गर्ने शब्द हो, ‘कस्तो बाँदर जस्तो..।’ कलाकार मुल्मीले आफ्नो तयार हुँदै गरेको सिर्जनाबारे प्रश्न तेर्स्याउँदै भने, ‘उपद्रो मच्चाउने बाँदरहरू त वर्तमान अवस्थामा सचेत बने, हामी मान्छे झन सचेत बन्नु पर्ने होइन र ?’ जनस्वास्थ्यको ख्याल गर्दै घोषणा गरिएको लकडाउनको पालना नभएको सन्दर्भमा उनको चित्र साधनाले समाजलाई ठूलो सन्देश प्रभाव गरेको छ।
अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ यसपटक रङ मिसाएर नौलो प्रयोग गर्दैछन्। कलाकारले चित्र साधनाको महत्त्वपूर्ण अवसर प्राप्त गरेको स्मरण गर्दै उनले अवसरको सदुपयोग गरी नयाँ-नयाँ अभ्यास गरिरहेको बताए।
विविध विषयवस्तु र नेपाली गाउँले परिवेशलाई क्यान्भासमा सजाउँदै छन्। बनेका चित्रहरू उनी युट्यूबमा हालेर प्रचारप्रसार गरिरहेका छन्। “तीनवटा युट्यूबमै गइसक्यो अन्य बनाउँदैछु, हाल्दैछु, लकडाउनको सदुपयोग भइरहेको छ, अली बढी उकुसमुकुसको महसुस छ”, गुरुङले लकडाउनको दैनिकी र अनुभव सुनाउँदै भने। यसपटक गोधुली साँझमा भारतको मुम्बईमा देखिएको दृश्यले उनलाई तानेको छ।
समुद्र र आसपासको दृश्यलाई उनले क्यान्भासमा उतारेका छन्। धमिलो आर्किटेक्चरमा क्षितिजबाट छिचोलेको सुनौलो प्रकाशले आनन्दानुभूति दिलाउँछ। त्यही चित्र सिर्जना गरेर सामाजिक सञ्जाललाई समेत रङग्याएका छन्।
अन्य चित्रकार सुष्माराज भण्डारी डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, डिवी राई, लालकाजी लामालगायत प्रायः कलाकार अहिले चित्र साधनामा नै व्यस्त छन्।
- नारायण ढुङ्गाना/रासस
" /> काठमाडाैं। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई ‘लकडाउन’ गरिएको छ। कतिपयलाई लकडाउनको एकान्तवास कटाउन मुस्किल छ।टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै छ। तर, कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित छ।

">