स्वास्थ्य मन्त्रालयले भन्यो- ‘पोखरामा गरिएकाे काेभिड-१९ परीक्षणमा कुनै पनि रिपाेर्ट पोजिटिभ आएकाे छैन’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कुनै पनि रिपाेर्ट काेभिड-१९ पोजिटिभ नदेखिएको प्रष्ट पारेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, “पाेखरामा अहिलेसम्म कुनै केश पोजिटिभ देखिएकाे छैन।”

उनले मेसिनकाे भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेन्टहरू हेर्दा केही नमूना पुनः परीक्षण गर्नुपर्ने बताए। “त्यो भनेको हाम्रो निर्णय र हाम्रो परीक्षणको नतिजा पूरा कन्फर्म होस् भन्नका लागि हो”, उनले भने, “यो सधैँभरि गर्नुपर्दैन केही समयका लागि थप नमूना लिन्छौं। यो सबै भइसकेपछि कन्फर्म भइन्छ। अनि रिजल्ट हामीले प्रकाशित गर्छौं।”

उनले आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकहजार २७७ नमूना परीक्षण गरिएको बताए। अहिले दैनिक १०० भन्दा बढी नमूना परीक्षण भइरहेको छ।

उपत्यकाबाहिर अहिलेसम्म धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण शुरू भइसकेको छ। बुटवलमा जडानको काम भइरहेको मन्त्रालयले जनाएको छ।

परीक्षण शुरू भएपछि धरानमा ३९, जनकपुरमा पाँच, हेटौंडामा पाँच, पोखरामा १९, सुर्खेतमा सात र धनगढीमा चारवटा नमूना परीक्षण गरिएको छ।

त्यस्तै प्रवक्ता देवकोटाले कैलाली र कञ्चनपुरका ९२ जनाको नमूना संकलन गरिएको र ती नमूना परीक्षणका क्रममा रहेको बताए। मन्त्रालयका अनुसार आजसम्म उपत्यकामा १५ र बाहिर ११५ गरेर १२० जना बिरामी आइसोलेसनमा छन्।

काेराेना भाइरस संक्रमित छैटौं व्यक्तिकाे कन्ट्याक्ट ट्रेसिङ गर्ने काममा स्वास्थ्यकर्मीहरूको टीमले शुरू गरिसकेको मन्त्रालयले जनाएको छ। आइसोलेसनमा रहेका पाँचवटै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयकाे भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्