कोभिड-१९ रोकथामका लागि गरेका कामको प्रतिवेदनसहित उपस्थित हुन स्वास्थ्य अधिकारीहरूलाई सर्वोच्च अदालतको आदेश
काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि भइरहेको कार्य विवरण र योजना प्रतिवेदनसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ। आज न्यायाधीश हरि फुँयालको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशक वा तिनले तोकेका व्यक्तिलाई २३ चैतमा तोकिएको छलफलमा उपस्थित हुन आदेश दिएको हो।

इजलासले सर्वोच्च अदालत नियमावलीबमोजिम उपस्थित हुन आदेश जारी गरेको हो। कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका सम्बन्धमा दायर भएका अन्य दुईवटा रिटको पनि २३ चैतमा नै सुनुवाइ हुने भएकाले आज सुनुवाइ गरेको रिटको पेशी पनि त्यही दिनलाई तोकेर स्वास्थ्यका अधिकारीलाई उपस्थित हुन आदेश गरेको हो।

अधिवक्ता मुकुन्द अधिकारीले दायर गरेको रिटमा सर्वोच्च अदातलले आज सुनुवाइ गरेको हो।

अधिवक्ता अधिकारीले स्वास्थ्य संस्थाबाट प्रवाहित हुने आकस्मिक स्वास्थ्य सेवाको नियमित प्रवाह गर्न, कोभिड-१९ को परीक्षण गराउन चाहने व्यक्तिहरुको परीक्षण ४८ घण्टाभित्र गरी प्रतिवेदन दिन तथा सात वटै प्रदेशबाट कोभिड-१९ को परीक्षणको व्यवस्था मिलाउन आदेश माग गर्दै रिट दायर गरेका थिए।

३७.३ फरेनहाइट भन्दा बढी ज्वरो आएका व्यक्तिहरुको स्वाब परीक्षण गर्न र एकान्तवासमा राख्न, ३७.३ फरेन्हाइट भन्दा कम ज्वरो आएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा नै जाँच परीक्षण गर्ने व्यवस्था मिलाउन र नियमित उपचारको क्रममा स्वास्थ्य संस्थामा उपचार गराउन आएका बिरामी फिर्ता पठाउने कार्य रोक्न पनि माग गरेका थिए।

अन्तरिम आदेश पनि माग गरिएको उक्त रिटमा २३ चैतमा नै त्यसबारे थप छलफल हुने अदालतले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्