काठमाडौं। पर्यटक उद्धारमा गृह मन्त्रालयले रोक लगाएपछि पर्यटन बोर्डले पर्यटकलाई जहाँ छन् त्यहीँ बस्न भनेको छ।
देशका विभिन्न ठाउँमा पुगेका पर्यटकलाई नेपाल पर्यटन बोर्डले उद्धार गरेर काठमाडौं ल्याएपछि सम्बन्धित मुलुकको दूतावासमा जिम्मा लगाइरहेको थियो।
घुम्नका लागि नेपालका विभिन्न ठाउँमा पुगेका पर्यटक ११ चैतबाट देशभर लकडाउन भएपछि बिचल्लीमा परेका थिए। अलपत्र परेका पर्यटकलाई निजी वायुसेवा कम्पनीको सहयोगमा नेपाल पर्यटन बोर्डले उद्धार गरिरहेको थियो।
तर, गृह मन्त्रालयले पर्यटक नओसार्न भनेपछि पर्यटन बोर्डले आज मध्यरातिबाट कोही पनि पर्यटकलाई उद्धार नगर्ने बताएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले भने, “आज मध्यरातिबाट पर्यटक उद्धारको काम रोक्न लागेका छौं। अब लकडाउन नखुल्दासम्म पर्यटकहरू जहाँ जुन अवस्थामा छन् त्यही अवस्थामा बस्नुपर्छ।”
काठमाडौंस्थित विभिन्न दूतावासले आग्रह गरेअनुसार पर्यटकको उद्धार लगभग सकिएको उनले बताए।
आजै लुक्ला र पोखराबाट जहाज र बसमार्फत् पनि पर्यटकलाई काठमाडौं ल्याईंदै गरेको उनले बताए। नेपाल लकडाउन भएयता करीब १७ सय पर्यटकलाई काठमाडौं ल्याएर दुतावासको जिम्मा लगाएको पर्यटन बोर्डले बताएको छ।
धेरै मानिसको ओहोरदोहोर हुँदा कोरोना भाइरसको संक्रमण फैलिने डर भएकोले गृह मन्त्रालयले पर्यटक उद्धार कार्य रोक्न पर्यटन बोर्डलाई निर्देशन दिएको हो।
“विदेशमा भएका हाम्रा नागरिकलाई त्यहाँको सरकारले खासै चासोमा राखेको छैन्। हामीले पनि धेरै मान्छे ओसार्न आवश्यक छैन भन्ने गृह मन्त्रालयको कुरा आयो”, नेपाल पर्यटन बोर्डका एक अधिकारीले भने, “त्यही भएर हामीले पर्यटक उद्धारको काम रोक्न लागेका छौं।”
नेपाल पर्यटन बोर्डले नागरिक उडड्यन प्राधिकरण र आन्तरिक वायु सेवा कम्पनीहरूसँगको समन्वयनमा लुक्ला, पोखरा, नेपालगञ्जलगायतका क्षेत्रमा अलपत्र परेका पर्यटकहरूलाई काठमाडौं ल्याएको थियो।
त्यसरी काठमाडौं आएका, अमेरिका, जर्मनी, अस्ट्रेलिया, बेलायतलगायतका पर्यटकलाई ती देशका दुतावासले आफ्नो देश फिर्ता पठाइसकेका छन्।
आन्तरिक वायु सेवा कम्पनीहरूले उद्धारको लागि उडान गरेर पर्यटकलाई काठमाडौं ल्याइरहेका थिए।
नेपाल पर्यटन बोर्डले नेपालको कुन कुन स्थानमा कति पर्यटक पुगेका छन् भन्ने तथ्यांक संकलन गरिरहेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार अहिलेसम्म उद्धार गरेर ल्याइएका र देशभर विभिन्न ठाउँमा रहेका पर्यटकको तथ्यांक एकिकृत गर्ने काम भइरहेको छ।
" /> काठमाडौं। पर्यटक उद्धारमा गृह मन्त्रालयले रोक लगाएपछि पर्यटन बोर्डले पर्यटकलाई जहाँ छन् त्यहीँ बस्न भनेको छ।देशका विभिन्न ठाउँमा पुगेका पर्यटकलाई नेपाल पर्यटन बोर्डले उद्धार गरेर काठमाडौं ल्याएपछि सम्बन्धित मुलुकको दूतावासमा जिम्मा लगाइरहेको थियो।

">