दाङ। तुलसीपुर उपमहानगरपालिका–१०, गौलोरीका टीकाराम बस्नेत गणपति मिलमा काम गर्छन्। कोरोना भाइरसको जोखिम रोक्न सरकारले लकडाउन गरेपछि उनले काम गर्ने मिल बन्द छ।
आयस्रोत नै रोकिएपछि परिवारलाई कसरी खाद्यान्न जोहो गर्ने भन्ने चिन्ता थियो। बिहानबेलुका छाक कसरी टार्ने भन्ने चिन्ता भइरहेका बेला उपमहानगरपालिकाबाट राहत पाएपछि भने उनको मुहारमा खुशी झल्कियो।
तुलसीपुर–२, तकियापुरकी रामकली कामीको ६ जनाका परिवार छ। श्रीमान काठमाडाैंमा घर बनाउने मिस्त्री काम गर्छन्। “लकडाउनले गर्दा त्यहाँ पनि काम रोकिएको छ, पैसा आउने कुरै छैन”, राहत लिँदै उनले भनिन्, “स्थानीय सरकार भएको अनूभूति भयो।”
कोभिड–१९ का कारण सरकारले लकडाउन घोषणा गरेपछि ज्याला मजदुरी गर्नेको छाकवास टुटेको छ। “केही दिनका लागि जोहो गरिएको थियो। लकडाउन लामो भएपछि खाने अन्न थिएन घरमा”, राहत लिन वडा कार्यालय पुगेकी वडा नम्बर १, रामनगरकी भवि विकले भनिन्, “अरू नभए त जसरी बाँचिएला तर, चामलै नभए कहाँ बाँच्न सकिन्छ र ?”
लकडाउनको समय लम्बिँदै जाँदा विपन्न वर्गका जनतालाई खानाको समस्या भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले आजबाट राहत वितरण शुरू गरेको छ।
टोल विकास संस्था हुँदै वडाबाट सिफारिस भएका विपन्न वर्गलाई लक्षित गरेर उपमहानगरपालिकाले राहत वितरण कार्यलाई अगाडि बढाएको छ।
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे भन्छन्, “जनतालाई भोकै राख्दैनांै, सरकारले जसरी पनि पु¥याउँछ।” उनले राहत कसैले पनि अनुचित तवरले राहत लिन नहुने सुझाए।
उपमहानगरपालिकाले पहिलो चरणमा बाँडेको राहतमा प्रतिपरिवार ३० किलो चामल, एक लिटर तेल, एक किलो नुन, दुई किलो दाल र दुईवटा साबुन वितरण गरेको विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले जानकारी दिए।
उनले वडा नम्बर १ बाट १६२, २ मा ७०, १० मा ३१ र १३ नम्बर वडामा २३८ जनाका लागि राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिए।
" /> दाङ। तुलसीपुर उपमहानगरपालिका–१०, गौलोरीका टीकाराम बस्नेत गणपति मिलमा काम गर्छन्। कोरोना भाइरसको जोखिम रोक्न सरकारले लकडाउन गरेपछि उनले काम गर्ने मिल बन्द छ।आयस्रोत नै रोकिएपछि परिवारलाई कसरी खाद्यान्न जोहो गर्ने भन्ने चिन्ता थियो। बिहानबेलुका छाक कसरी टार्ने भन्ने चिन्ता भइरहेका बेला उपमहानगरपालिकाबाट राहत पाएपछि भने उनको मुहारमा खुशी झल्कियो।

">