काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ।
नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
विद्युत् चुहावट घट्दा यसको सकारात्मक प्रभाव प्राधिकरणको विद्युत् बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा परेको छ। प्राधिकरणले आव २०७५/७६मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ।
आव २०७२/७३ मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले घटाएर १५.३२ प्रतिशतमा झारिएको छ। एक प्रतिशत विद्युत चुहावट घटाउँदा करिब ७० करोड रुपैयाँ प्राधिकरणलाई फाइदा हुन्छ।
प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ। आव २०७४/७५मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो।
आव २०७२/७३मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा थियो।
प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ। प्राधिकरणले आव २०७३/७४ र २०७४/७५मा खुद नाफा क्रमशः एक अर्ब ४६ करोड ७३ लाख र दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो।
विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा बृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा वृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
“प्राधिकरणको अबको यात्रा घाटाको होइन, नाफाको हो भन्ने अठोटका साथ सम्पूर्ण टिम अहोरात्र खटिएको छ”, घिसिङले भने, “प्राधिकरणलाई नाफासहितको अनुशासित, सम्मानित, सबल संस्था बनाउने, विद्युत सेवाको उपलब्धता विस्तार गर्ने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने स्पष्ट दृष्टिकोण एवं योजनाका साथअघि बढिरहेका छौं।”
उनले प्राधिकरणका आगामी दिन अझै सुनौलो रहेको बताए। “अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउँदैछ, पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्छ”, घिसिङले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पीपीए दर सस्तो भएकाले यसबाट प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पर्छ।”
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ।नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

">