विराटनगरमा बन्यो ५० शय्याको ‘कोरोना विशेष अस्पताल’

विराटनगर। प्रदेश १ मा कोरोना विशेष अस्पताल स्थापना गरिएको छ।

प्रदेश सरकारले विराटनगरमा रहेको नेसनल ट्रेडिङको पूरानो भवनलाई कोशी अस्पतालअन्तर्गत रहने गरी कोरोना विशेष अस्पतालको रूपमा विकास गरेको हो।

१० बेडको भेन्टीलेटरसहित हाल अस्पतालमा ५० बेड छन्।

बिरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुख डा. संगिता मिश्रले बताइन्।

अस्पताललाई दीर्घकालीन रूपमै सञ्चालन गर्नेगरी पूर्वाधार तयार पारिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

मन्त्रिपरिषद्को ९ चैतमा बसेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो।

आज अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री शेरधन राईले कोभिड-१९ विरुद्ध लड्न प्रदेश सरकार पूर्ण तयारीमा रहेको बताए।

“अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि हामी उच्च जोखिममा छौँ। त्यसैले सावधानी र सर्तकता अपनाउन सबैमा मेरो विशेष आग्रह छ”, उनले भने।