कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले कोभिड-१९ नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी बनाउने भएको छ।
कोभिड-१९ नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गर्ने बताएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा छुट्याइएको रकम अपुग भए अन्य शिर्षकबाट भएपनि रकमान्तर गरेर भाइसर नियन्त्रण तथा रोकथाममा जुट्ने बताए।
आज मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारीहरूसँगको छलफलमा कोभिड-१९ नियन्त्रण तथा उपचारमा आहिलेसम्म भए गरेका कामबारे जानकारी लिँदै सम्भावित जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिए।
छलफलमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, स्वास्थ्य निर्देशनालयका अधिकारीलगायतको सहभागिता रहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले कोभिड-१९ नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी बनाउने भएको छ।कोभिड-१९ नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गर्ने बताएको छ।

">