कैलालीमा ११४ सवारीसाधन र आठजना व्यक्ति नियन्त्रणमा
<p>कैलाली। कैलाली प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका ११४ सवारीसाधन र आठजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।</p>
<p>लकडाउन उल्लंघन गरी चलाइएका एउटा ट्रक, अटो दुई र १११ मोटरसाइकल/स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
<p>उनका अनुसार चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाइएकाे छ। साे सवारीसाधनहरू भने लकडाउन अवधि सकिएपछि मात्रै छोडिने डीएसपी बस्नेतले जानकारी दिए।</p>
<p>त्यस्तै लकडाउनको समयमा ड्युटीमा रहेको प्रहरीसँग झैझगडा गरेको र मदिरा पसल खोलेर बिक्रीवितरण गरिएको भन्दै जिल्ला विभिन्न स्थानबाट आठजनालाई नियन्त्रणमा लिइएको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्