काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखा र टेकु अस्पताललाई मास्क हस्तान्तरण गरेका छन्।
चेम्बर अफ कमर्स र व्यवसायी दिपक मल्होत्राको पहलमा उनीहरुले नेपालमै मास्क उत्पादन गरिरहेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई २५ सय थान मास्क र ५ सय जोडी पन्जा हस्तान्तरण गरिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए.
यसका साथै श्रेष्ठ र मल्होत्राले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर राजेश शाहलाई एक हजार माक्स पनि हस्तान्तरण गरेका छन्।
स्वदेशमै उत्पादित मास्क सबैभन्दा पहिले स्वास्थ्य संस्थाहरूमा उपलब्ध गराउने उनीहरूले बताएका छन्।
उनीहरूले उत्पादन लागतमै मास्क बिक्री गरिरहेका छन्। अहिले प्रति थान मास्कको उत्पादन लागत सात रूपैयाँ पर्ने गरेको व्यवसायी मल्होत्राले जानकारी दिए।
" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखा र टेकु अस्पताललाई मास्क हस्तान्तरण गरेका छन्।चेम्बर अफ कमर्स र व्यवसायी दिपक मल्होत्राको पहलमा उनीहरुले नेपालमै मास्क उत्पादन गरिरहेका छन्।

">