काठमाडौं। साइप्रसमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूले कोभिड-१९ को संक्रमणपछि आफूहरूलाई खान बस्न समस्या भएको बताएका छन्। दुई सातादेखि लकडाउन भएपछि अतिरिक्त समयमा काम गरेर अध्ययन गर्दै आएका विद्यार्थीहरू यतिखेर समस्यामा परेका हुन्।
एक वर्षअघि साइप्रसमा अध्ययनका लागि गएका बझाङका रामचन्द्र जोशीले कोभिड-१९ का कारण भएको लकडाउनले अध्ययनरत नेपाली विद्यार्थीहरू समस्या परेको बताए।
“अहिले यहाँ पनि लकडाउन छ। काम नहुँदा भएको पैसा पनि सकियो। नेपालबाट पनि पैसा पठाउन सकिएको छैन”, उनले देखापढीसँग टेलिफोनमा भने, “यहाँको कन्सुलर र एनआरएनएलाई समस्या भन्दा पनि सुनुवाइ भएन।”
अहिले विद्यार्थीसँगै कामदार भिसामा आएका नेपालीहरूले पनि समस्या भोग्नु परेको उनले बताए। “कोभिड-१९ को संक्रमणको अवस्था नआउनु अघि पनि यहाँ विद्यार्थीलाई काम पाउन कठिन थियो”, उनले भने, “अहिले झन निकै सकस भएको छ। कतिपय विद्यार्थीले दुई दिनदेखि खानासमेत खान नपाएको अवस्था छ।”
उनले साइप्रसस्थित कन्सुलरले पनि कुनै सहयोग नगरेको बताए। त्यहाँ रहेको एनआरएनए साइप्रसले पनि नेपालीहरूको समस्या समाधानमा चासो नदेखाएको विद्यार्थीहरूको गुनासो छ।
१६ चैतमा बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा रहेका विद्यार्थीलाई अभिभावकहरूले नेपाल राष्ट्र बैंकमार्फत् पैसा पठाउने सुविधा दिने निर्णय गरेको थियो। तर, उक्त निर्णय भए पनि विदेशमा रहेका विद्यार्थीलाई अभिभावकले पैसा पठाउन सकेका छैनन्।
“पैसा पठाउन सहज गर्ने भन्ने सुनिएको थियो। तर, नेपालस्थित घरबाट पैसा पठाउन सकिरहेका छैनन्”, जोशीले भने, “घरबाट पैसा पठाउन सकिएको भए पनि केही समस्या त सहज हुने थियो। त्यो पनि हुन सकेको छैन।”
उनले साइप्रसमा अहिले चार हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेको बताए। त्यहाँ करीब १३ हजार नेपाली रहेको उनकाे भनाइ छ।
" /> काठमाडौं। साइप्रसमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूले कोभिड-१९ को संक्रमणपछि आफूहरूलाई खान बस्न समस्या भएको बताएका छन्। दुई सातादेखि लकडाउन भएपछि अतिरिक्त समयमा काम गरेर अध्ययन गर्दै आएका विद्यार्थीहरू यतिखेर समस्यामा परेका हुन्।एक वर्षअघि साइप्रसमा अध्ययनका लागि गएका बझाङका रामचन्द्र जोशीले कोभिड-१९ का कारण भएको लकडाउनले अध्ययनरत नेपाली विद्यार्थीहरू समस्या परेको बताए।

">