काठमाडौं। नेपाल र भारत दुबैतिर कोभिड–१९ को महामारी फैलिन नदिन भिन्दाभिन्दै मितिमा लकडाउन घोषणा गरिएपछि भारतमा कार्यरत थुप्रै नेपाली श्रमिक घर फर्किए।

विभिन्न तरिकाले घरसम्म आइपुगेका उनीहरूमध्ये धेरैजसोलाई स्थानीय सरकारले तयार पारेको क्वारेन्टाइनमा राखिएको छ। त्यसरी क्वारेन्टाइनमा बसिरहेकामध्ये तीन जनाको अनुभव यहाँ प्रस्तुत गरिएको छ।

भारतमा भन्दा क्वारेन्टाइनमा घरपरिवार बढी सम्झिरहेछु
कर्ण बोहरा (४३)
परशुराम नगरपालिका, डडेल्धुरा

मेरो घर डडेल्धुराको परशुराम नगरपालिका–८ कर्रेनीमा पर्छ। अहिले म आफ्नै नगरपालिकाको वडा नं. ७ स्थित शिवशंकर माविमा बनाइएको क्वारेन्टाइनमा बसिरहेको छु।

भारतको चम्पावत क्षेत्रमा काम गर्दै आएका थियौँ। त्यहि बेला भारतमा लकडाउन भयो। खुलेपछि घर फर्किनुपर्ला भनेर योजना बनाएका थियौँ। हामी एउटै क्षेत्रका सातजना थियौँ। ठेकेदारले पनि ३१ मार्चमा लकडाउन खुल्छ भनेको थियो। तर, खुल्ने सम्भावा नभएपछि हामी सबै सामान बोकेर हिँड्दै आयौँ।

चार दिन लाग्यो भारत–नेपाली सीमा नाका पुग्न। नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिएको छैन भन्ने थाहा थियो। त्यसैले हामी परशुरामभन्दा पनि माथि गएर ट्युबको सहारामा महाकाली नदी तरेर नेपालतिर आयौँ। ट्युबमा नदी तार्न एकजना भारतीय बसेका थिए। उनले नदी तारेबापत हरेकबाट २०० भारू लिए।

नदी तरेर नेपाल आएपछि जंगलै जंगल हुँदै परशुरामबाट सादनीसम्म आयौँ। भारत जाँदा नै हामीसँग नेपाली सिमकार्ड थियो। नेटवर्र्क टिप्ने ठाउँमा पुगेपछि आफ्नो वडाध्यक्ष गोबिन्द बोहरालाई फोन ग¥यौँ। क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने थाहा थियो। त्यसैले फोन गरेका थियौँ। उनले घर नआई सादनी चौराहामा बस्न भने।

यहाँबाट हामीलाई स्कुलमा बनाइएको क्वारेन्टाइनमा राखियो। क्वारेन्टाइनमा बस्न जाँदा शुरूमा त डर लागेको थियो। कतै रोग त लागेकै हो कि भन्ने थियो तर, पछि सहज वातावरण बनेपछि अहिले सबै ठीक छ। बिहान बेलुका गरी दुई पटक खाना दिइएको छ। बिहान चियानास्ता दिन्छन्।

यो बीचमा घरबाट श्रीमती छोराछोरी फोन गरेर डराइरहेका थिए। मैले डराउनुपर्दैन, मलाई केही पनि भएको छैन भनेपछि उनीहरू ढुक्क भए। हामी त हाम्रो भन्दा पनि घर, परिवार, समाज तथा सिंगो देशको लागि भनेर यहाँ आएर बसेका हौँ। यदि रोग नै लागेको रहेछ भने पनि अरुलाई सर्न सक्छ, नभए हाम्रो मनमा हुने त्रास पनि त निर्मुल पार्नुपर्ने थियो।

स्थानीय स्रोत साधन जुटाएर भए पनि राम्रै व्यवस्था गरिएको छ। बेला बेला स्वास्थ्य परीक्षण भइरहेको छ। अबको १२ दिनपछि हामी सबै शंका हटाएर घर जान्छौँ।

भारतमा लामो समय काम गरेर बस्दा भन्दा क्वारेन्टाइनमा बस्दा घर परिवारलाई बढी सम्झिरहेको छु। उता त काममा व्यस्त भइन्थ्यो, सम्झिने फुर्सद पनि हुन्थेन। यहाँ त दिनभर फुर्सदमा भइन्छ। त्यही भएर पनि घर फर्किने दिनको  व्यग्र प्रतिक्षामा छु।

घर, परिवार र देशको सुरक्षा गर्न क्वारेन्टाइनमा छौँ
रामबहादुर रावल (४३)
टीकापुर नगरपालिका, कैलाली

अहिले म कैलालीको टीकापुर नगरपालिकाको क्वारेन्टाइनमा छु। क्वारेन्टाइनमा बस्न थालेको आज ११ दिन भयो। हामी मिर्गौला पीडित हजुरबुवालाई एम्बुलेन्समा लिएर फर्किरहेका थियौँ। भारतको आगरामा काम गर्दै उहाँको उपचार गराइरहेका थियौँ। हजुरबुवालाई अब उपचार गरेर निको नहुने भनेपछि हामी घर फर्किएका थियौँ।

सातजना थियौँ हामी। खस्रौल भन्सारमा हामीलाई रोकियो। त्यहाँबाट हामीलाई सिधै टीकापुरमा रहेको क्वारेन्टाइन पठाइयो। क्वारेन्टाइनमा बसेको दुई दिनमा हजुरबुवाको निधन भयो। उहाँका दुई छोरा किरिया गर्न घर गए। अहिले हामी चार जना बसिरहेका छौँ।

क्वारेन्टाइनमा बस्दा हामीलाई बिहान चिया–बिस्कुट दिइराखेका छन्। बिहान र बेलुका दुई पटक खाना। हप्तामा फरक–फरक दिन कहिले फलफूल, कहिले अन्य खानेकुरा दिइन्छ।

यहाँ बसाइको क्रममा बेलाबेला स्वास्थ्य परीक्षण भइरहेको छ। समय कटाउन वाइफाइको व्यवस्था गरिएको छ। कोही साथीहरूले दिनभर वाइफाइ चलाएर बस्छन्, कोही साथीहरू एकआपसमा गफ गरेर समय बिताइरहेका छौँ।

१४ दिने बसाइ एकदम अत्यास लाग्दो रहेछ। न बाहिर निस्किन पाइने न त कसैसँग नजिक भएर बोल्न नै पाइने। जसले गर्दा क्वारेन्टाइन बसाइ एकदमै कठिन हुँदोरहेछ। यहाँबाट बाहिर गएपछि जेलबाट छुटेभन्दा पनि आनन्द आउला जस्तो छ।

हामी त आफ्नो जीवनसँगै घर, परिवार तथा देशकै सुरक्षाका लागि क्वारेन्टाइनमा बसेका हौँ। नत्र हामीहरू यसरी फोन सम्पर्क गरेर हामी नेपाल आयौँ कता बस्ने हो ? भनेर सोधीसोधी आउनै पर्ने थिएन नि!

क्वारेन्टाइनमा पुगेपछि घरै पुगेजस्तो भयो
खड्गबहादुर चौधरी
मुसरिया, कैलाली

अहिले म कैलालीको मुसरियामा रहेको जनप्रिया माविको क्वारेन्टाइनमा बसेको छु। यहाँ बस्न थालेको सात दिन भयो। हाम्रो चार जनाको समूह भारतको नयाँ दिल्लीबाट आएको हो।

२८ मार्चमा दिल्लीबाट लक्ष्मीपुर जाने बस चढ्यौँ। राति १२ बजे बस पाइयो। बस स्टेसनबाट रातिको ३ बजे बस गुड्यो। पलियाबाट ७० किलोमिटर पर रहेको लक्ष्मीपुरमा बस पुग्यो। त्यहाँबाट हामी हिँडेर नेपाल पुग्यौँ। नेपाल पुग्दा रातिको १२ बजिसकेको थियो। वडाध्यक्षले ‘अहिले त्यतै सुत्नुहोस्, भोलि बिहान कुरा गरौंला’ भन्नुभयो। गाउँमै घरबाहिर सुत्यौँ। बिहान जनप्रिया माविमा रहेको क्वारेन्टाइनमा गयौँ।

त्यो बेलासम्म हामी अरु व्यक्तिको सम्पर्कमा आएनौँ। क्वारेन्टाइनमा बसेपछि बल्ल सन्तुष्टिको स्वास फेर्न पाएका छौँ। लामो दूरीको यात्रा, त्यसमाथि कोरोनाको डर। न राम्रोसँग खान मन लाग्थ्यो न निद्रा नै। क्वारेन्टाइनमा पुगेपछि घरै पुगेजस्तो लाग्यो।

यहाँ अहिले क्वारेन्टाइनमा राम्रै वातावरणमा बसिरहेका छौँ। त्यस्तो धेरै सुविधा त छैन। एउटा बेड दिएको छ। बिहान बेलुका खाना खान पाइरहेका छौँ। त्यो बाहेक सुविधाको नाममा वाइफाइ जोडिएको छ। अरु त के नै हुने हो र ?

चिया नास्ताका लागि मैले गाउँबाटै १० किलो चिनी पठाइदिनु भनेको छु। जनहित कृषि समूहको अध्यक्ष पनि भएको नाताले हाम्रो तर्फबाट यहाँ बस्नेलाई सहयोग होस् भनेर चिनी, तरकारी लगायतका आवश्यक सामग्री पठाइदिनु भनेको छु।

अहिले क्वारेन्टाइनमा १८ जना बसिरहेका छौँ। हामी सबै भारतका विभिन्न स्थानबाट आएको हौँ। बेला बेला स्वास्थ्य परीक्षण भइरहेको छ।

हामीले हामीमात्र नभएर सिंगो देश कोरोना भाइरसको संक्रमणबाट मुक्त गराउनुपर्नेछ। त्यसका लागि १४ दिन हाम्रो लागि सामान्य हो। यस्तो गरीब देशमा यदि कोरोना पस्यो भने अमेरिका जस्तो देशले त केही गर्न सकेको छैन भने हामी त मर्नुको विकल्प केही पनि हुँदैन। त्यही भएर विदेशबाट आएका सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

क्वारेन्टाइनमा बस्नेहरूका लागि सेवा सुविधा थप गरिदिनुपर्छ। उनीहरूलाई समय बिताउन गाह्रो पर्ने हुँदा मनोरञ्जनका साधन, टेलिभिजन, वाइफाइ, पढ्न चाहनेका लागि पत्रपत्रिका किताब आदीको व्यवस्था गरिदिनुपर्छ।

हामीले घर परिवारलाई पनि चाँडै घर फर्किने वचन दिइरहेका हुन्छौँ। उनीहरू पनि चिन्तामा छन्। सबैलाई भन्न चाहन्छौँ– घर, परिवारका लागि मात्र नभई सिंगो देशका लागि हामीहरू क्वारेन्टाइनमा बसेका हौँ। तपाईंहरू घरमै बसेर योे रोगविरुद्ध लड्नुपर्छ।

(टेलिफोन वार्तामा आधारित)

" /> काठमाडौं। नेपाल र भारत दुबैतिर कोभिड–१९ को महामारी फैलिन नदिन भिन्दाभिन्दै मितिमा लकडाउन घोषणा गरिएपछि भारतमा कार्यरत थुप्रै नेपाली श्रमिक घर फर्किए।

"> यस्तो छ भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरूको अनुभूति : Dekhapadhi
यस्तो छ भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरूको अनुभूति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्