काठमाडौं। भोलिबाट कालिमाटीको तरकारी बजारमा खुद्रा व्यापार पूर्ण रूपमा बन्द हुने भएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले २२ चैत बाट लागू हुने गरी कालिमाटीको तरकारी बजारमा थोक व्यापार मात्रै गर्न लागिएको छ।
यसअघि बिहान ४ बजेदेखि ६ बजेसम्म तरकारी बजार खुल्ने गरेको थियो। त्यसबेला तरकारी बजामा बाक्लो भिडभाड हुने गरेको थियो। तरकारी बजारमा हुने भीडभाडले कोरोना भाइरस संक्रमण हुन सक्ने भएकोले बजारमा हुने खुद्रा कारोबार बन्द गर्न लागेको तरकारी बजार विकास समितिले विज्ञप्ति प्रकाशन गरेर बताएको छ।
लकडाउन नखुल्दासम्म तरकारी बजार बन्द रहने समितिले बताएको छ।
“थोक बिक्रीका लागि ल्याइएका बोरा, क्रेट, प्याकेजिङलाई नखोली जस्ताको त्यस्तै मात्रै बिक्री वितरण गर्ने तथा नेपाल बाहिरबाट आउने फलफूल तथा तरकारीजन्य कृषि उपजलाई बजार प्रवेशमा रोक लगाउने निर्णय भएको छ”, समितिको विज्ञप्तिमा भनिएको छ।
यस्तै बजारमा २२ चैतबाट पैदल यात्री एवं फुटकर उपभोक्तालाई समेत प्रवेशमा रोक लगाइएको छ।
" /> काठमाडौं। भोलिबाट कालिमाटीको तरकारी बजारमा खुद्रा व्यापार पूर्ण रूपमा बन्द हुने भएको छ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले २२ चैत बाट लागू हुने गरी कालिमाटीको तरकारी बजारमा थोक व्यापार मात्रै गर्न लागिएको छ।

">