काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट जोगिन देश अहिले लकडाउनमा छ। सरकारले दोस्रोपटक थप गरेको लकडाउनको म्याद २५ चैत मध्यरातसम्म यथावत् छ। तर, काठमाडौं उपत्यकाभित्रको जिल्ला भक्तपुरमा पछिल्ला दिनमा यसको असर कम पर्न थालेको छ। मानिसहरू घरभित्रै बस्न सरकारले दिएको आदेश उल्लंघन गर्दै बाहिर निस्कन थालेका छन्।
केही दिनयता भक्तपुर नगरपालिकामा बिहान र साँझका बेला लकडाउन उल्लघंन गर्ने क्रम निकै बढेको देखिएको छ। प्रहरी र प्रशासनले कडाइ नगर्नु पनि यसको एउटा प्रमुख कारण हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सबिन प्रधानले भने अत्यावश्यक काम परेर मात्र बाहिर निस्कने गरेको दाबी गरे।
“यो मानवीयताको कुरा हो, अति आवश्यक काम परेर मानिसहरू निस्केका हुन्, यसलाई कारबाहीको दायरामा ल्याइहाल्नुपर्छ भन्ने लाग्दैन” उनले भने, “कोही बिरामी परेर निस्किएका हुन्छन्, कसैको छिमेकमै पनि बिरामी पर्छन्, उनीहरूलाई कसरी रोक्नु ?”
नियमित सुरक्षा जाँच गरिरहेको बताउँदै उनले भक्तपुरमा सवारीसाधन नियन्त्रण गरी सम्झाइबुझाइ पठाउने गरेको बताए । उनले भने, “यति संख्यामा सवारीसाधन नियन्त्रणमा लियौं भनेर प्रचार गर्न आवश्यक छैन, यस्तो बेलामा सकेसम्म मानवीयता देखाउने हो ।”
भक्तपुर नगरपालिकाले गरेको निर्णय पनि लकडाउन उल्लंघन गर्ने कारण बनेको छ। नगरपालिकाले नगरवासीका लागि एक घर एक पासको व्यवस्था गरेको छ। यसका लागि नगरपालिकाले हरेक वडालाई नै पासको व्यवस्था गर्न अनुमति दिएको छ। जबकि, संघीय सरकारले जिल्ला प्रशासन कार्यालयलाई मात्र पास वितरण गर्ने अधिकार दिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वडाध्यक्षलाई पास वितरण गर्ने अधिकार नभएको र वितरण गरेको पाइए कानूनअनुसार कारबाही हुने बताइन् । “गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले पासको सिफारिस गरेर यहाँ पठाउने हो, वितरण गर्ने होइन”, उनले भनिन् ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वोले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गरेर पास दिइएको बताए। घरको एकजना सदस्य मात्र बाहिर निस्कन पाउने गरी पास दिइएको उनको दाबी छ।
“साँझभन्दा पनि बिहानका बेला जेष्ठ नागरिकहरू मन्दिर जाने गर्नाले घरबाट बाहिर निस्कन्छन्, कतिपय योग गर्न पनि जान्छन्”, वडाध्यक्ष ज्याख्वोले भने, “हामीले हरेक दिन सम्झाउने गरेका छौं, वडाका हरेक चोकचोकमा एकजना सदस्यलाई घरबाट ननिस्कन भनेर अनुरोध गर्नकै लागि खटाएका छौं।”
यो वडामा १७ सय घरधुरीमध्ये १४ सयलाई पास वितरण गरिसकिएको वडाध्यक्ष ज्याख्वोले देखापढीलाई बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले घरबाट बाहिर निस्कनुलाई लकडाउन उल्लंघन भएको भन्न नमिल्ने बताइन् । उनले भनिन्, “खाद्यान्नको अभाव हुन नदिन पसल, दूध डेरी, पानी लगायतका अति आवश्यक कामका लागि खुल्ला राख्न भनिएको छ, अनुशासन र दूरी कायम गरेर सरसामान किन्न त जान पाउँछ नि ।”
बाटोमा जथाभाबी हिँड्नेलाई नियन्त्रणमा लिने र सम्झाइबुझाइ घर पठाउने गरिएको उनको भनाइ छ ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट जोगिन देश अहिले लकडाउनमा छ। सरकारले दोस्रोपटक थप गरेको लकडाउनको म्याद २५ चैत मध्यरातसम्म यथावत् छ। तर, काठमाडौं उपत्यकाभित्रको जिल्ला भक्तपुरमा पछिल्ला दिनमा यसको असर कम पर्न थालेको छ। मानिसहरू घरभित्रै बस्न सरकारले दिएको आदेश उल्लंघन गर्दै बाहिर निस्कन थालेका छन्।केही दिनयता भक्तपुर नगरपालिकामा बिहान र साँझका बेला लकडाउन उल्लघंन गर्ने क्रम निकै बढेको देखिएको छ। प्रहरी र प्रशासनले कडाइ नगर्नु पनि यसको एउटा प्रमुख कारण हो।

">