काठमाडौं। भन्नै परेन, सिंगो मानव समुदाय एउटा नयाँ युद्ध लडिरहेछ। त्यो युद्ध हो- आँखाले नदेखिने जिवाणु विरुद्धको युद्ध।
त्यसो त मानव समुदायको इतिहासमै यस्तो खालको लडाइँ नयाँ होइन। इतिहासमा मानिस प्लेग र बिफर जस्ता महामारीसँग मात्र होइन, अहिले सामान्य लाग्ने झाडापखालासँगै पनि यसैगरी जुधेको छ। फरक यत्ति हो, आफ्नो अस्तित्वको इतिहासमा धेरै समयसम्म मानव जातिलाई रोग कसरी लाग्छ भन्ने नै थाहा थिएन।
समय फेरिएको छ। अहिले हामीलाई सताइरहेको कोभिड–१९ रोग के कारणले लाग्छ भन्ने हामीलाई थाहा छ। त्यो नदेखिने दुश्मनको वैज्ञानिकहरूले राखिदिएको असली नाम हो– सार्स–कोभ–२ (SARS-CoV-2)। यसलाई हामी सबैले नोबल कोरोना भाइरस भनी चिन्छौँ।
मानव जातिलाई उसको नाम मात्र होइन, आकार–प्रकार पनि थाहा छ। त्यही क्या फुटबल जस्तो डल्लो, जसको सतहमा काँडाहरू उम्रिएका हुन्छन्। वैज्ञानिकहरूले त यसको गुदीमा भएको आरएनएको सुत्रहरू समेत पत्ता लगाइसकेका छन्। यो नदेखिने दुश्मन हाम्रो शरीरभित्र छिरेपछि के–के गर्छ र कसरी हाम्रो शरीरलाई आक्रान्त तुल्याइदिन्छ भन्ने पनि उनीहरूलाई थाहा छ।
अहिले वैज्ञानिकहरू दुईवटा काममा जुटेका छन्। पहिलो, यो भाइरसको संक्रमणपछि देखिने स्वास्थ्य समस्या रोक्ने औषधि पत्ता लगाउन। दोस्रो, यो भाइरस शरीरभित्र छिरे पनि यसलाई जित्न सक्ने खोप बनाउन।
हो, यी दुबै काम गर्न केही समय लाग्छ। तर, विज्ञानको विजय पक्कै हुनेछ। हुँदैनथ्यो भने त अहिले कोभिड–१९ ले होइन मान्छेहरू विफर, प्लेग, हैजा र झाडापखालाले मरिरहेका हुन्थे।
तर, अहिले हाम्रो पहिलो दायित्व त यसको संक्रमणबाट जोगिनु हो। जसरी हुन्छ आफ्नो शरीरमा कोरोना भाइरसलाई प्रवेश नदिनु हो। त्यसैले त तपाईं लकडाउनमा हुनुहुन्छ। त्यसैले त बारम्बार हात धोइरहनुहुन्छ।
तपाईंको मनमा प्रश्न हुनसक्छ, होइन यो कोरोना भाइरस कागजमा, धातुमा, जमिनमा कतिबेर सक्रिय रहन्छ ? वैज्ञानिकहरूले यसको जवाफ पनि खोजिसकेका छन्।
न्यू इंग्ल्याण्ड जर्नल अफ् मेडिसिन मा विभिन्न वस्तुको सतहमा कोरोना भाइरस कति सक्रिय हुनसक्छ भन्ने बताइएको छ।
जुनसुकै वस्तुको सतहमा भए पनि भाइरस जीवितै रहन पानी चाहिन्छ। “भाइरसले पानीको अभाव थोरै मात्र झेल्न सक्छ”, ‘सेन्टर्स फर् डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’का पूर्वनिर्देशक एवं ‘अमेरिकन बायलोजिकल सेफ्टी एसोसिएसन’का अध्यक्ष डा. पाउल मिच्यान भन्छन्।
तर, भाइरस नष्ट हुन कति समय लाग्छ भन्ने थाहा पाउन चाहिँ गाह्रो हुन्छ। अन्ततः भाइरस नष्ट हुन्छ। तर, यो प्रक्रिया कति छिटो वा ढिलो हुन्छ भन्ने भाइरस हावामा छ कि कुनै वस्तुको सतहमा भन्नेमा भर पर्छ ।
हावा
अनुसन्धानकर्मीहरूले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा वा बोल्दा निस्कने छिटाहरूमा कति भाइरस हुन्छन् भन्ने थाहा पाइसकेका छैनन्।
विश्व स्वास्थ्य संगठनले सन् २००९ मा गरेको धेरैवटा अध्ययनअनुसार सामान्यतः खोक्दा तीन हजारवटा र एकपटक हाँच्छ्यु गर्दा ४० हजार वटा थोपा हुन्छन्। त्यसरी निस्कने थोपाको आकार अनुसार कति टाढासम्म जानसक्छ भन्ने भर पर्छ। गुरुत्वबलले ठूला थोपालाई छिटै नै जमिनमा तान्छ।
हावामा केहीबेर छिटाहरू रहिरहेको बेलामा कोही मानिस नजिकैबाट गयो भने उसले भाइरस निल्छ। त्यस्तै हावा चल्दा भाइरस झनै फैलिन्छ। कुनै सतहमा वा जमिनमा नपरेको भाइरस मानिसहरूको हात वा शरीरबाट फैलिन्छ।
स्टिलमा
स्टेनललेस स्टिलमा कोरोना भाइरस दुई वा तीन दिनसम्म सक्रिय रहनसक्छ। सार्वजनिक यातायात र शौचालय, प्रतिक्षालय लगायतका सार्वजनिक स्थलहरूमा स्टिलको प्रयोग धेरै हुने भएकाले यसबाट संक्रमण फैलिने खतरा बढी हुन्छ।
प्लास्टिकमा
प्लास्टिकबाट बनेको वस्तुमा भाइरस दुई वा तीन दिनसम्म सक्रिय रहनसक्छ। प्लास्टिकबारे बढी नै सजग हुन जरुरी छ किनभने स्वीच, फोन कभर लगायत धेरै प्रयोगमा आउने सामग्री प्लास्टिकले बनेका हुन्छन्। प्लास्टिकलाई संक्रमणमुक्त गर्न पनि सजिलो हुँदैन।
कागजमा
कागजमा भाइरस २४ घण्टासम्म सक्रिय हुनसक्छ। कागजको मामिलामा गम्भीर हुन जरुरी छ किनभने धेरैजसो सामग्री कागजले प्याक गर्ने गरिन्छ। अझ अनलाइन डेलिभरीमा त कागजको कार्टुन एकदमै प्रयोग हुन्छ।
सिसामा
सिसामा कोरोना भाइरस चार दिनसम्म सक्रिय हुनसक्छ। कति समयसम्म सक्रिय हुन्छ भन्ने चाहिँ तापक्रम र स्थानमा भर पर्छ। मोबाइल फोन स्क्रिन, ऐना, झ्यालको सिसामा भाइरस लामो समयसम्म रहन्छ।
धातुमा
तामा जस्ता धातुमा भाइरस चार घण्टासम्म सक्रिय रहन्छ।
दैनिक प्रयोगमा आउने वस्तुमा भाइरसहरू कम्तीमा एक दिनसम्म सक्रिय हुनसक्ने भएकाले तिनलाई संक्रमण मुक्त गर्नुपर्छ। त्यसका लागि डिसइन्फेक्टर प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ।
(जर्ज पेट्रास, रामोन प्याडिला र करिना जेइट्सले तयार पारेको यो सामग्री ‘यूएसए टूडे’बाट अनुवाद गरिएको हो।)