सनराइज बैंकले दियो ५० थान पीपीई
<p>पोखरा। विश्वव्यापी महामारी बनेको नोबल कोरोना भाइरस संक्रमण (कोभिड-१९)को रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले प्रदेश सरकारलाई ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । </p>
<p>बैंकका प्रादेशिक कार्यालय प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरे।</p>
<p>केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहेकोले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत् यी सामग्री उपलब्ध गराएको बताए। </p>
<p>मुख्यमन्त्री गुरुङले यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच-पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताए। </p>
प्रतिक्रिया दिनुहोस्