व्याज र जरिवाना नलिने बीमा संस्थानको निर्णय <p>काठमाडौं। राष्&zwj;ट्रिय बीमा संस्थानले लकडाउनको अवस्था भएकोले बीमा शुल्कको किस्तामा व्याज नलाग्ने जनाएको छ।</p> <p>हिजो, २१ चैतमा एक सूचना जारी गर्दै संस्थानले जीवन बीमाको नवीकरण बीमा शुल्क २०७७ को बैशाख मसान्तसम्म बुझाउन सकिने व्यवस्था मिलाएको जानकारी गराएको छ।</p> <p>त्यस्तै चैत महीना नवीकरण गर्नुपर्ने जीवन बीमा अभिकर्ताको इजाजतपत्रको म्याद २०७७ को वैशाख मसान्तसम्म थप गरी जरिवानासमेत नलाग्ने संस्थानले व्यवस्था मिलाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्