संसारका १९३ पार्टीले भने- मेडिकल सामग्री आदानप्रदान बढाऊ <p>काठमाडौं। विश्&zwj;वभरका एक सय ९३ वटा पार्टीले कोभिड-१९ विरुद्धको लडाईंमा अन्तर्राष्&zwj;ट्रिय सहकार्यमा जोड दिएका छन्। शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती दलहरूले त्यसका लागि अत्यावश्&zwj;यक मेडिकल उपकरण र सुरक्षा सामग्रीको सीमापार आदानप्रदानको उचितस्तर कायम राख्&zwj;न सुझाएका हुन्।</p> <p>&lsquo;अहिले विश्&zwj;व वित्तीयबजार र आपूर्ति स्थिर राख्&zwj;नुपर्ने आवश्&zwj;यकता छ,&rsquo; विज्ञप्तिमा उल्लेख छ, &lsquo;विश्&zwj;वव्यापी आर्थिक मन्दी रोक्न व्यापार सुविधाका लागि सीमाशुल्क घटाउन वा छुट दिन पनि आग्रह गर्छौं।&rsquo;</p> <p>१० बुँदे विज्ञप्तिमा दलहरूले भनेका छन्, &lsquo;हामी सबै राष्&zwj;ट्रलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्&zwj;न र कोभिड-१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गर्छौं।&rsquo;</p> <p>कोरोना भाइरसले कुनै सीमानाको सम्मान नगर्ने र प्रकोपको समयमा कुनै राष्&zwj;ट्रले एकल रूपमा यसका चुनौती सामना गर्न नसक्ने कुरामा विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ। &lsquo;अन्तर्राष्&zwj;ट्रिय सहकार्य, समन्वय तथा विश्&zwj;वव्यापी स्रोत र शक्तिको परिचालनले हामीलाई यस मानवताको साझा दुश्&zwj;मन भाइरसलाई हराउन सक्षम बनाउने छ,&rsquo; विज्ञप्तिमा भनिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्