पोखरा महानगरको कोभिड-१९ राहत कोषमा १४ लाख बढी संकलन

कास्की। पोखरा महानगरपालिकाको राहत कोषमा हिजो, २१ चैतसम्म १४ लाख २७ हजार ७६६ रूपैयाँ संकलन भएको छ।

लकडाउनको समयमा अतिविपन्न र जोखिममा परेका परिवारलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो।

सो कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले हिजो नै पाँच लाख सहयोग गरेको छ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई सो रकमको चेक हस्तान्तरण गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्