विश्वभर कोभिड-१९ का बिरामी १० लाख ९७ हजार
<p>लन्डन। विश्वभरमा कोभिड-१९ का बिरामी १० लाख ९७ हजार पुगेका छन्। हालसम्म मृतक संख्या ५९ हजार एक सय ३१ छ।</p>
<p>कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा पुगेको छ, जहाँ संक्रमित करिब दुई लाख ७६ हजार छन्।</p>
<p>बीबीसीका अनुसार कोभिड-१९ बाट मृत्यु हुनेमा इटालीमा सबैभन्दा बढी १४ हजार ६ सय ८१ जना छन्। दोस्रोमा स्पेन र तेस्रोमा अमेरिका छन्। </p>
<p>अर्थशास्त्रीहरूको भनाइअनुसार कोभिड-१९ को प्रभावका कारण अमेरिकामा आगामी केही महिना बेरोजगारी दरको प्रतिशत दुई अंकमा जाने सम्भावना देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्