कोभिड-१९ का मृतकप्रति सम्मान जनाउन चीनमा तीन मिनेट मौन धारण <p>बेइजिङ। कोभिड-१९ का कारण मृत्यु भएका नागरिकको सम्मानमा चीनमा स्थानीय समयअनुसार शनिबार बिहान १० बजे तीन मिनेट मौन धारणा गरियो।</p> <p>बीबीसीका अनुसार उक्त समयमा पुरै चीन ठप्प बन्यो। चीनको हुबेई प्रान्तका वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट देशभरमा तीन हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो।</p> <p>उनीहरूको सम्मानमा सबै चिनियाँले उठेर मौन धारण गरे। र, उनीहरूको आत्माको शान्तिको प्रार्थना गरे। कार, रेल र पानीजहाजहरूका हर्न त्यसक्रममा लगातार बजाइयो। र, चीनको राष्&zwj;ट्रिय झण्डा आधा झुकाइयो। त्यसक्रममा सडकमा रातो ट्राफिक लाइट बालियो।</p> <p>संयोगवस, शनिबार चनिमा क्&zwj;विङमिङ पर्व परेको छ, जसमा चिनियाँहरूले आफ्ना पुर्खाप्रति सम्मान दर्शाउँछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्