कोभिड-१९ विरुद्ध थप रणनीति बनाउन ४ बजे मन्त्रिपरिषद् बैठक बस्‍ने <p>काठमाडौं। कोभिड-१९ विरुद्ध प्रतिकार्यको थप रणनीति तय गर्न आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ।</p> <p>प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक तय भएको एक मन्त्रीले देखापढीलाई बताए। आजको मन्त्रिपरिषद् बैठक कोभिड-१९ फैलिन नदिन जारी लकडाउनको अवस्था, रोकथाम र उपचारका लागि भइरहेका तयारी र सरकारको आगामी कार्ययोजनामा केन्द्रित हुने उनले बताए।</p> <p>मन्त्रालयले कोभिड-१९ विरुद्ध गरिरहेका कामको मन्त्रीहरूबाट रिपोर्टिङ्ग प्रस्तुत गर्ने र त्यसको समीक्षा गर्दै सुझाव दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। &quot;यो नियमित बैठक हैन। कोरोना भाइरस संक्रमणको महामारीका सन्दर्भमा छलफल गर्न डाकिएको हो&quot;, उनले भने।</p> <p>उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले कोरोना भाइरस संक्रमणसँग जुध्न गरिरहेको कामबारे बैठकमा रिपोर्टिङ हुने र त्यसकै आधारमा योजना तय बताइएको छ। यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीको उच्च जोखिम कम नभएको निष्कर्षसहित लकडाउनको अवधि थप गरेर २५ चैत सम्म लम्ब्याउने निर्णय गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्