कोरोना भाइरस संक्रमितकी भाउजूमा पनि लक्षण देखिएपछि अस्पताल भर्ना <p>कैलाली। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमितको परिवारका एक सदस्यमा कोरोनाको लक्षण देखिएपछि पछि घरबाटै उद्दार गरी अस्पताल ल्याइएको छ।</p> <p>संक्रमितकी भाउजूमा कोभिड-१९ को लक्षण पाइएपछि आज बिहान घरबाटै उद्दार गरी सेती प्रादेशिक अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए।</p> <p>संक्रमितका परिवारका १० जना परिवारका सदस्य घरकै क्&zwj;वारेन्टाइनमा बसिरहेका थिए।</p> <p>परिवारका १० जना सदस्यको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो। नमुनाको रिपोर्ट काठमाडौं पठाइएका कारण आउन ढिलो भएको हो। सम्भवत: आज साँझसम्म रिपोर्ट आउने बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्