विभूषण सुशोभन समारोह स्थगित

काठमाडौं। १ वैशाख ०७७ मा राष्‍ट्रिय जीवनमा विशिष्‍ट योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गर्न तय गरिएको कार्यक्रम स्थगित भएको छ।

विभूषण समितिको बैठकले अहिलेलाई उक्त समारोह स्थगित गर्ने निर्णय गरेको हो।

राष्‍ट्रपतिबाट संविधान दिवसको अवसरमा विशिष्‍ट योगदान पुर्‍याउनेलाई विभूषण प्रदान गर्ने घोषणा भएको थियो।

राष्‍ट्रपतिको कार्यालयमा आयोजना गर्ने भनी तय भएको कार्यक्रम अहिले विश्‍वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित गरिएको गृह सचिव एवं विभूषण समितिका सदस्य-सचिव महेश्‍वर न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

उक्त कार्यक्रम पछि उपयुक्त समयमा गर्नेसमेत जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्