फेसबुक पेजमा केही बेरअघि सार्वजनिक गरेको विवरण अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोभिड-१९ देखिएको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि आफ्नो फेसबुक पेजमा तीनजना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन्।
कैलालीकी महिला भने कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ।
यसअघि बाहिरबाट आएकामा कोभिड-१९ पोजेटिभ देखिएकोमा आज भेटिएको संक्रमितसँगै पहिलो पटक नेपालभित्रै रहेको व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले भनेको छ।
यी तीनजनामा कोभिड-१९ देखिएसँगै नेपालमा कोरोना भाइरस पोजेटिभका बिरामी नौ जना भएका छन्।
दिउँसो सवा ४ बजे नियमित प्रेस ब्रिफिङमा यसबारे विस्तृत जानकारी दिइने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देखापढीलाई बताए।
" /> फेसबुक पेजमा केही बेरअघि सार्वजनिक गरेको विवरण अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोभिड-१९ देखिएको हो।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि आफ्नो फेसबुक पेजमा तीनजना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन्।

">