ब्लगबाट भावानुवाद गरिएको हो।)

पढ्नुहोस्

दक्षिण एशियामा कोभिड-१९: मृतकको संख्या एक सय नाघ्यो

कोभिड-१९ सँगै बढ्दै छ दक्षिण एशियाली सहकार्यको सम्भावना

मोदीले एकाएक किन सम्झिए निरन्तर उपेक्षा गर्दै आएको सार्कलाई ?

" /> ब्लगबाट भावानुवाद गरिएको हो।)

पढ्नुहोस्

दक्षिण एशियामा कोभिड-१९: मृतकको संख्या एक सय नाघ्यो

कोभिड-१९ सँगै बढ्दै छ दक्षिण एशियाली सहकार्यको सम्भावना

मोदीले एकाएक किन सम्झिए निरन्तर उपेक्षा गर्दै आएको सार्कलाई ?

"> कोभिड-१९ को उच्च जोखिममा दक्षिण एशिया : Dekhapadhi
कोभिड-१९ को उच्च जोखिममा दक्षिण एशिया
काठमाडौं। दक्षिण एशियामा नियमित भ्रमण रोकिएको यो समयमा मैले अझ बढी नजिक महशुस गरिरहेको छु। अहिले कोभिड-१९ ले हामीले निकै मिहिनेतले प्राप्त गरेका ती सबै उपलब्धीलाई कडा चुनौती दिइरहेको छ।भारत तीन साता लामो लकडाउनमा छ। दक्षिण एशियाका अन्य देशहरूले पनि व्यक्ति-व्यक्तिबीच दूरी कायम गरेर कोभिड-१९ को विस्तारलाई रोक्न खोजेका छन्। तर,कोभिड-१९ का कारण सिर्जित संकटमा अन्य व्यक्तिको ज्यान जोगाउन र द्रूत आर्थिक सुधारका लागि यो भन्दा बलियो तयारी र प्रतिक्रिया आवश्यक छ।

कोभिड-१९ बाट दक्षिण एशिया नराम्ररी प्रभावित हुनेछ

पश्चिमा देशहरूको तुलनामा कोभिड-१९ को महामारीबाट ज्यान गुमाउनेको संख्या दक्षिण एशियामा कम छ। जस्तो कि, विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा अहिलेसम्म दुई हजार ५४७ जना मात्र संक्रमित भएका छन्। नेपालमा कसैको पनि मृत्यु भएको छैन। निकै थोरै परीक्षण भएका कारण यी संख्याले वास्तविक संकटको चित्रण गर्दैनन्।

खराब अवस्था आउनै बाँकी छ। भारतमा मात्रै लाखौं आप्रवासी श्रमिक शहर छाडेर जाँदैछन्। उनीहरूले संक्रमणलाई आफूसँगै गाउँ लैजालान् भन्ने डर छ। अनौपचारिक क्षेत्रका लाखौं मानिस कामविहीन भएका छन्, उनीहरू भोकमरीको जोखिममा छन्।

कोभिड-१९ विस्तार हुँदै जाँदा यो आर्थिक मन्दीको कारण बन्दैछ, जसले लाखौं व्यक्तिलाई गरीबीमा धकेल्नेछ भने असमानता अझ बढाउनेछ। हामीले महामारीले आर्थिक र स्वास्थ्य क्षेत्रमा पारेका प्रभावलाई कसरी व्यवस्थापन गर्ने भन्ने सुझावसहित दक्षिण एशियाको आर्थिक वृद्धीको आकलन ३० चैतमा सार्वजनिक गर्नेछौं।

एक्कासी कोभिड-१९ लाई सामना गर्नुपर्दा दक्षिण एशियाभर निम्न आय भएका परिवारहरू विशेष रूपले जोखिममा छन्। आफन्त वा प्रियजनलाई कोरोना भाइरसको संक्रमण भयो भने धेरै मानिसहरूले उपचार खर्च जुटाउन नै संघर्ष गर्नुपर्नेछ। महङ्गो स्वास्थ्य सेवाका कारण हरेक वर्ष करीब ६ करोड मानिसहरू गरिबीको चपेटामा पर्दै आएका छन्।

दक्षिण एशियामा आपतकालीन सहायता

कोभिड-१९ सँग लड्नका लागि विश्व बैंकले पहिलो चरणमा २५ देशका लागि आपतकालीन सहयोग घोषणा गरेको छ। जसमध्ये १।४ अर्ब डलर भन्दा बढी रकम दक्षिण एशियाली देशहरूलाई जानेछ। जुन उनीहरूले विश्वव्यापी महाकारीका कारण सिर्जित स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्न र आफ्ना नागरिकको जीवन रक्षा गर्न खर्च गर्नेछन्।

यअसघि कहिल्यै नदेखिएको यस्तो संकटपूर्ण समयमा तुरून्तै काम गर्नुपर्ने थियो। अफगानिस्तान, पाकिस्तान, भारत, माल्दिभ्स र श्रीलङ्काका लागि सहयोग प्याकेज बनाउन दुई साता मात्रै लाग्यो। बंगलादेश, भुटान र नेपाललाई दिने आर्थिक सहायतामा द्रूत गतिमा काम भइरहेको छ र तत्कालै सम्पन्न हुनेछ।

देशको अवस्था र त्यहाँको विशेष आवश्यकता पूर्ति गर्नका लागि सम्बन्धित मुलुकका अर्थमन्त्री र सरकारी अधिकारीहरूसँगको निरन्तर समन्वयमा नै हामीले काम गरिरहेका छौं। गत हप्ता हाम्रो टीमले दक्षिण एशियाका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर तथा हाम्रा साझेदारसँग महामारीको असर र तुरून्तै काम गर्नका लागि देशहरूको क्षमता बढाउनेबारे टेलिफोनमा छलफल गरे। छलफलबाट ‘अहिलेको समय क्षेत्रीय सहकार्यका लागि महामारीले सिर्जना गरेको अवसरलाई देशहरूले कसरी उपयोग गर्छन् भन्नेबारे दक्षिण एशियाका लागि परीक्षणको समय पनि हो’ भन्ने निष्कर्ष निकाल्यौं।

भारतका लागि एक अर्ब डलरको सहयोग विश्व बैंकले स्वास्थ्य क्षेत्रका लागि उसलाई उपलब्ध गराएको अहिलेसम्मको ठूलो सहयोग हो। यो सहयोग भारतका सबै प्रान्त र ‘युनियन टेरेटोरी’का लागि हो, जो बिरामीहरू, जोखिममा रहेका अन्य मानिसहरू, स्वास्थ्यकर्मीहरू, स्वास्थ्यसेवा प्रदायकहरूको आवश्यकता पूरा गर्न खर्च गरिनेछ।

भारतको औषत आम्दानीको तुलनामा समग्र स्वास्थ्य सेवा प्रवाह भने कमजोर छ। हाम्रो प्राथमिकता कोभिड-१९ र भविष्यका अन्य महामारी वा प्रकोपसँग जुध्नका लागि भारतको स्वास्थ्य सेवाको स्तर उकास्नुमा हुनेछ। जसमा जिल्ला अस्पताल वा कोभिड-१९ को उपचारका लागि भनि तोकिएका अस्पतालहरूमा बेड संख्या बढाउने, पीपीई खरिद गर्ने र स्वास्थ्यकर्मी तथा अन्य स्वयमसेवकका आवश्यकता पूरा गर्ने लगायत कुरा समेटिन्छन्।

पाकिस्तानमा स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदाहुँदै पनि हाम्रो २० करोड डलरको सहयोग प्याकेज महामारीको असर कम गर्न गरीब र जोखिममा रहेमा व्यक्तिहरूको सामाजिक सुरक्षामा खर्च हुनेछ। कोभिड-१९ को संक्रमण र मृतक धेरै रहेको इरानसँग सीमा जोडिएको अफगानिस्तानमा छिटै नै संक्रमण फैलिनसक्छ। विश्व बैंकको सहयोग देशका ३४ वटै प्रान्तमा आपतकालीन स्वास्थ्य सेवा प्रवाह गर्न र कोभिड-१९ को विस्तार रोक्न वा गति सुस्त गर्न प्रयोग गरिनेछ।

महामारीको समयमा आपतकालीन आवश्यकताहरू निकै धेरै छन्। तर, हामी दक्षिण एशियाली देशहरूमा भविष्यमा अझ राम्रो स्वास्थ्य सेवा प्रवाह सुनिश्चितताका लागि सहयोग गर्न लागि परेका छौं।

(विश्व बैंकको दक्षिण एशिया क्षेत्र उपाध्यक्ष हार्टविग स्काफरको यो लेख वर्ल्ड बैंक ब्लगबाट भावानुवाद गरिएको हो।)

पढ्नुहोस्

दक्षिण एशियामा कोभिड-१९: मृतकको संख्या एक सय नाघ्यो

कोभिड-१९ सँगै बढ्दै छ दक्षिण एशियाली सहकार्यको सम्भावना

मोदीले एकाएक किन सम्झिए निरन्तर उपेक्षा गर्दै आएको सार्कलाई ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्