पाँचथरमा अलपत्र परेका ३७७ मजदुरको उद्धार
<p>पाँचथर। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ।</p>
<p>अहिलेसम्म ३७७ मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए।</p>
<p>आयोजनाकाे आग्रहअनुसार अलपत्र परेकालाई सवारीसाधनको व्यवस्था गरी घरघरमा पुर्‍याइएको उनले बताए। </p>
<p>अहिले अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन प्रशासनले बन्द गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईँले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्