आज भेटिएका तीन नयाँ कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था सामान्य
कैेलाली। कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ।

नयाँ भेटिएका कोरोना भाइरसका संक्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले बताए।

आज एकै दिन तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको जनाइएको छ। धनगढीका पहिलो काेराेना भाइरस संक्रमित ३४ वर्षीया युवककी भाउजू, भारतको मुम्बईबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना भाइरसकाे संक्रमण भेटिएको हो।

दुईजनाको पुरूषकाे नमूना क्वारेन्टाइनबाट र महिलाको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएको डा. जोशीले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा काेभिड-१९ संक्रमितको संख्या चार पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्