कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो एक महीनायता पाँच हजार भन्दा बढी नेपाली विदेशबाट फर्केका छन्। कोभिड–१९ को संक्रमण तथा त्रास फैलिइरहेका बेला पाँच हजार ३४४ नेपाली स्वेदश फर्किएका हुन्। विदेशिएका नेपाली फर्कनेक्रम अझै रोकिएको छैन। अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएपनि सीमाक्षेत्रबाट अवैध रूपमा भित्रिने क्रम यथावत् छ।
भारत, कतार, साउदी अरब, मलेसिया, यूएई लगायतका मुलुकबाट पछिल्लो एक महीनाको अवधिमा घर फर्किएकामध्ये धेरैजसो भारतका विभिन्न क्षेत्रबाट आएकाहरू छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार कञ्चनपुरका ९ वटै स्थानीय तहमा विदेशबाट आएकाहरू छन्। घर फर्किएकाहरूमध्ये ८३ जना मात्र क्वारेन्टाइनमा छन्।
त्यस्तै, कञ्चनपुरका विभिन्न सीमानाका हुँदै नेपाल प्रवेश गरेका ८५ जना प्रशासनको नियन्त्रणमा छन्। ५६ जना नेपाली र २९ जना भारतीयलाई नियन्त्रणमा लिएर महेन्द्रनगरको बैजनाथ माविमा राखिएको छ। उनीहरूलाई १४ दिनसम्म त्यहीँ राखिने र स्वास्थ्य अवस्था हेरेर क्वारेन्टाइनमा राख्न सकिने प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।
क्वारेन्टाइनमा बसेका बाहेकलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ। तर, उनीहरू सेल्फ क्वारेन्टाइनमा बसे वा नबसेकोबारे कसैले अनुगमन गर्न सकेको छैन। भीमदत्त नगरपालिकाका प्रवक्ता हिमालसिंह चन्दले खुला सीमा नाकाका कारण भारतका विभिन्न स्थानबाट अझै पनि घर फर्किने क्रम नरोकिएको जानकारी दिए।
घर फर्किनेमध्ये ज्वरो आएका र कोभिड–१९ को लक्षण देखिएकालाई मात्र क्वारेन्टाइनमा पठाइने गरेको, अरु सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने शर्तमा छाड्दा जोखिम बढेको उनले बताए।
लकडाउनको आदेश लागू भएपछि पनि सुदूरपश्चिम प्रदेशमा गौरीफण्टा–धनगढी, गड्डाचौकी–महेन्द्रनगर, दार्चुला र झुलाघाट–बैतडीलगायतका नाकाबाट भारतमा काम गर्ने नेपाली फर्किएका थिए।
नाकामा फर्किने क्रममा उनीहरूको ज्वारो नाप्ने, कोभिड–१९ को लक्षण देखिए÷नदेखिएकोबारे स्वास्थ्य परीक्षण गरेर घर पढाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।
कञ्चनपुरमा कोभिड–१९ पोजिटिभ देखिएका बेतकोट नगरपालिकाका स्थानीय ४१ वर्षीय पुरुष पनि उत्तराखण्ड हुँदै आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले सीमामा यात्रुको ज्वरो मात्र परीक्षण गरेर घर पठाउँदा जोखिम बढेको बताएका छन्।
“विमानस्थल र सीमानाकाबाट आउने हजारौं यात्रुको ज्वरो मात्रै परीक्षण गरियो, ज्वरो आएकालाई मात्र क्वारेन्टाइन राखियो, ज्वरो नदेखिएकालाई घर गएर होम क्वारेन्टाइनमा बस्न भनियो, यसले जोखिम बढाएको छ”, डा. भण्डारीले देखापढीसँग भने।
" /> कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो एक महीनायता पाँच हजार भन्दा बढी नेपाली विदेशबाट फर्केका छन्। कोभिड–१९ को संक्रमण तथा त्रास फैलिइरहेका बेला पाँच हजार ३४४ नेपाली स्वेदश फर्किएका हुन्। विदेशिएका नेपाली फर्कनेक्रम अझै रोकिएको छैन। अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएपनि सीमाक्षेत्रबाट अवैध रूपमा भित्रिने क्रम यथावत् छ।भारत, कतार, साउदी अरब, मलेसिया, यूएई लगायतका मुलुकबाट पछिल्लो एक महीनाको अवधिमा घर फर्किएकामध्ये धेरैजसो भारतका विभिन्न क्षेत्रबाट आएकाहरू छन्।

">