मेलम्ची। लकडाउन शुरू भएदेखि देश नै ठप्प जस्तै छ। सबै क्षेत्रका कामका अगाडि लकडाउन स्पीड ब्रेकर बनिदिएको छ। तर यसअघि थुप्रै पटक अनपेक्षितरूपमा काम रोकिँदै आएको मेलम्ची खानेपानी आयोजनाको निर्माण भने लकडाउनकाबीच पनि नियमित नै छ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानमा आयोजनाको भौतिक निर्माणको काम लकडाउन घोषणा भएपनि रोकिएको छैन। आयोजनाका सिभिल इन्जिनियर शेखर खनालका अनुसार अहिले पनि त्यहाँ हेडवर्क्समा ढलान गर्ने, रोड काट्ने, टनेलभित्र ड्रिलिङ गर्ने, भुइँ ढलान गर्ने लगायतका काम जारी छ।
अम्बाथान साइटमा सबै गरी १२० जनाको हाराहारीमा रहेका छन्। ६५ जना मजदुर, मेकानिक र ड्राइभर गरी २० जना , ८ जना सिभिल इन्जिनियर तथा ठेकेदार कम्पनी सिनो हाइड्रोका प्रोजेक्ट म्यानेजर वाङ वेइसहित ३१ जना चिनियाँ अहिले साइटभित्रै रहेका छन्।
सुरक्षा सजगता पूर्णरुपमा अपनाएका उनीहरूले कोरोना भाइरसको जोखिम बढेदेखि आयोजना निर्माणस्थलमा नयाँ निर्माण सामाग्री लग्न दिएका छैनन्। क्वारेन्टाइनमा रहँदा अपनाउनुपर्ने सबै किसिमका सावधानी अपनाउँदै काम भइरहेको छ।
साइट इन्चार्ज याङ सिङयोङका अनुसार साइटभित्रै रहेका करीब २५ जना मजदुरले भने काम गरिरहेका छैनन्। उनीहरूले कोरोना भाइरस संक्रमणको डरले काम नगरेको हुन सक्ने साइट इन्चार्ज याङले बताउने गरेको आयोजनाका एक कर्मचारीले देखापढीलाई बताए।
आयोजनाको काम गरिरहेकाहरू लकडाउन हुनु अघिल्लो दिनदेखि नै सेल्फ क्वारेन्टाइन सरह रहेर काम जुटेका हुन्। १० चैतदेखि आयोजना निर्माणस्थलमा बाहिरि व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन। आयोजनामा कार्यरतहरू पनि बाहिर निस्किएका छैनन्, भित्रै रहेर काम गरिरहेका छन्।
सुरक्षा सजगता पूर्णरुपमा अपनाएका उनीहरूले कोरोना भाइरसको जोखिम बढेदेखि आयोजना निर्माणस्थलमा नयाँ निर्माण सामाग्री लग्न दिएका छैनन्। क्वारेन्टाइनमा रहँदा अपनाउनुपर्ने सबै किसिमका सावधानी अपनाउँदै काम भइरहेको इन्जिनियर खनालले बताए। मेलम्चीमा जारी कामबारे रिपोर्टिङ गर्न देखापढी त्यहाँ पुग्दा सुरक्षाका कारण देखाउँदै प्रवेश दिइएन। तर भित्र काम भइरहेको तस्वीर, भिडिओ र टेलिफोनबाट सूचना भने आयोजनाले देखापढीलाई उपलब्ध गरायो।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको २० चैतमा बसेको सोह्रौं बैठकले तामाकोशी, मेलम्ची जस्ता ठूला आयोजनाको कामलाई निरन्तरता दिने वातावरण बनाउने निर्णय गरेको थियो।
१६ मार्चमा जारी आयोजनाको प्रगति विवरण अनुसार यही असारभित्रमा मेलम्चीको पानी सुन्दरीजल पुर्याउने लक्ष्य छ।
स्थानीय प्रशासनको सहयोगमा यी आयोजनाहरूको काम अघि बढाउने समितिको निर्णयबारे यहाँ कार्यरतहरुले मिडियाबाट त थाहा पाएका छन्। तर आधिकारिक जानकारी भने पाइसकेका छैनन्।
समितिले विकास निर्माणको काम नरोकियोस् भनेरै यो निर्णय गरेको होला। तर समितिको निर्णयसँगै त्यहाँ कार्यरतहरूमा एउटा चिन्ता भने बढेको छ- कतै बाहिरी मानिस र निर्माण सामाग्रीको प्रवेश हुँदा आफूहरु असुरक्षित हुने त हैन ?
इन्जिनियर खनालका अनुसार बाहिर रहेका स्थानीय कामदारहरू भित्र आएर काम गर्छु भन्दा पनि सुरक्षा सावधानी अपनाउँदै गेटबाटै फिर्ता गरिएको छ। 'क्वारेन्टानमा बसेर यहीँको स्रोतसाधनको प्रयोग गरेर हामी काम गरिरहेका छौं। लकडाउन अवधिभर केही न केही काम गर्नका लागि हामीसँग अहिले नै स्रोतसाधनको अभाव भइसकेको छैन', खनालले भने।
कोरोना भाइरसको यो संकटपूर्ण अवस्थामा आयोजनाको सुरक्षार्थ नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि साइटभित्रै खटिएको छ।
१६ मार्चमा जारी आयोजनाको प्रगति विवरण अनुसार यही असारभित्रमा मेलम्चीको पानी सुन्दरीजल पुर्याउने लक्ष्य छ। प्रगति विवरणअनुसार स्काडा प्राविधिक जडानको काम शत प्रतिशत पूरा भइसकेको छ।
गेटका लागि सप्लाइको काम पूरा भइसकेको छ भने जडानको काम ५० प्रतिशत बाँकी छ। त्यस्तै हेडवर्क्सको काम ४० प्रतिशत, टनेलको र साना ठेक्का सप्लाइको काम ७५ प्रतिशत पूरा भइसकेको छ। हेडवर्क्सका ७ वटा गेट बनाउने काम तीब्र गतिमा भइरहेको छ।
यो आयोजनाबाट शुरूमा दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं ल्याउने तयारी छ।
" /> मेलम्ची। लकडाउन शुरू भएदेखि देश नै ठप्प जस्तै छ। सबै क्षेत्रका कामका अगाडि लकडाउन स्पीड ब्रेकर बनिदिएको छ। तर यसअघि थुप्रै पटक अनपेक्षितरूपमा काम रोकिँदै आएको मेलम्ची खानेपानी आयोजनाको निर्माण भने लकडाउनकाबीच पनि नियमित नै छ।

">