कतारबाट आएका कैलाली धनगढीका ३४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो।
क्वारेन्टाइनमा बसेको भएपनि उनीबाट घरकै सदस्यमा कोरोना संक्रमण भएपछि नेपालमा पहिलो केस ‘लोकल ट्रान्समिसन’ भएको छ।
विश्व स्वास्ठ्य संगठनका अनुसार बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु दाेस्रो चरणमा प्रवेश गर्नु हो।
तेस्रो चरण भनेको संक्रमण सामुदायिक रूपमा फैलिनु हो। यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ। यस चरणमा कोरोना संक्रमणले महामारीको रूप लिन थाल्छ।
यसैगरी, चौंथो तथा अन्तिम चरण महामारी हो। विश्व स्वास्थ्य संगठनका अनुसार यो संक्रमणको सबैभन्दा खराब अवस्था हो।
यो चरणमा भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ। यो चरण अधिक मात्रामा संक्रमितको संख्या स्थानीय रूपमा फैलिँदै जान्छ। चीनपछि अहिले यूरोपियन र अमेरिकन देशहरू संक्रमणको चौंथो चरणमा छन्।
प्रवक्ता देवकोटाले तीनवटा नयाँ केस थपिएसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको बताए।
नयाँ तीन वटा केसमा लोकल ट्रान्समिसन भएर संक्रमित भएकी कैलाली धनगढीकी ३४ वर्षीया महिला छन्।
त्यस्तै, भारतबाट आएका कैलालीका २१ वर्षीय पुरुष र भारतबाटै आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजिटिभ भेटिएको छ।
क्वारेन्टाइनमा रहेका उनीहरू तीनै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढीमा राखिएको छ।
" /> संक्रमण सरेको पुष्टि भएसँगै दोस्रो चरण शुरू भएको बताएका हुन्।कतारबाट आएका कैलाली धनगढीका ३४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो।

">