कैलाली। कैलालीमा भेटिएका कोरोना भाइरस संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर ११ चैतमा फर्किएको खुलेको हो।
सीमामा रोकिएपछि नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ चैतमा गौरीफन्टा नाकामा रहेकाहरूलाई गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरूमा उनी पनि रहेको बुझिएको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत् विभिन्न जिल्ला पठाएको थियो।
११ चैतमा नै लम्की घर पुगेका उनलाई १२ चैत बिहान मात्र लम्कीचुहा नगरपालिकाले वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।
१२ चैतमा नै नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएकोमा आज रिपोर्ट पोजिटिभ आएपछि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल ल्याइएको छ। उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
यस्तै, कञ्चनपुरका ४१ वर्षीय पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि आजै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
त्यस्तै, दुबईबाट ७ चैतमा काठमाडौं पुगेर चैतमा नेपालगन्ज हुँदै धनगढी पुगेका युवामा ११ चैतमा गते कोभिड–१९ देखिएपछि अस्पतालको आइसोलेसनमा उपचाररत उनको भाउजुमा समेत आज कोरोना पोजिटिभ देखिएको छ।
संक्रमित युवक र उनको भाउजुको भेट भएको १२ दिनपछि उनलाई कोरोना पुष्टि भएपछि उनलाई समेत आइसोलेसनमा राखेर उपचार भइहेको छ।
तर, युवकको घरमा रहेका उनका आमाबुबा, दाइ, श्रीमती, छोरी, दाइको छोरा र उनलाई अस्पताल पुर्याउने युवकको भने अझै थ्रोट स्वाबको रिपोर्ट नआएको सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले बताए।
अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको सबैको स्वास्थ्य अवस्था समान्य रहेको पनि डा. जोशीले बताए।
उनले ३४ वर्षीय युवती बाहेक अन्य दुई जनाको नमूना क्वारेन्टाइनबाट संकलन गरिएको बताउँदै युवतीको नमूना सेती अस्पतालबाट संकलन गरिएको बताए। तर, तिनै डाक्टर जोशीले संक्रमितको भाउजुमा समेत पोजिटिभ देखिएपछि अन्य परिवारको बारेमा भने केही बताउन चाहेनन्।
" /> कैलाली। कैलालीमा भेटिएका कोरोना भाइरस संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको।सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर ११ चैतमा फर्किएको खुलेको हो।

">