काठमाडाैं। भारतमा कोरोना भाइरसको सक्रमणका कारण मृत्यु हुनेको संख्या आजसम्म ६८ पुगेको छ ।
अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कूल मृतकको संख्यामा वृद्धि भएको हो।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कूल संक्रमितको संख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ। संक्रमितको संख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी वृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने दुई हजार ६५० छ।
पछिल्लो समयमा मृत्यु भएकामध्ये तीनजना महाराष्ट्र राज्यका, दुईजना दिल्ली र एकजना गुजरात राज्यका छन्।
अहिलेसम्मको विवरणबाट सबभन्दा धेरै मृत्यु हुनेको संख्या महाराष्ट्रमा रहेको देखिएको छ। महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
त्यसपछि धेरै गुजरातमा ९ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सातजनाको मृत्यु भएको विवरण छ।
त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ/छ जना, पञ्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन/तीनजना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई/दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक/एकजनाको मृत्यु भएको छ।
कूल संक्रमित दुई हजार ९०२ जनामध्ये ५५ जना विदेशी छन्।
संक्रमितको संख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार महाराष्ट्रमा ४२३ जना संक्रमित भएका छन्।
दोस्रो धेरै संक्रमित तमिलनाडुमा छन्, जहाँ ४११ जना संक्रमित भेटिएका छन्। त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना संक्रमित भेटिएका छन्। अन्य प्रदेशमा पनि संक्रमितहरू रहेका भए पनि अहिलेसम्म त्यहाँको संक्रमित संख्या न्यून छ। रासस/पीटीआई
" /> काठमाडाैं। भारतमा कोरोना भाइरसको सक्रमणका कारण मृत्यु हुनेको संख्या आजसम्म ६८ पुगेको छ ।अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कूल मृतकको संख्यामा वृद्धि भएको हो।

">