नमूना परीक्षणको लागि थ्रोट स्वाब लिँदै नेपाली सेनाको मेडिकल टोली।
नमूना परीक्षण गर्दा पोजेटिभ देखिएका ती पुरुषको अहिले सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ।
कोरोना भाइरस संक्रमणको त्राससँगै भारतमा काम गर्न गएका मजदूरहरू घर फर्कने क्रम ह्वात्तै बढेको थियो। तर, लकडाउनका कारण घर फर्कन नपाएपछि हजारौँ सीमामा अलपत्र परेका थिए।
उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने सर्तसहित घर फर्कन दिइएको थियो।
कोरोना त्राससँगै झण्डै एक लाखको हाराहारीमा नाकाबाट घर फर्किएको तथ्यांक रहेको कंचनपुर प्रशासनले जनाएको छ।
फर्किएकाहरू सुदूरपश्‍चिमका मात्र नभइ सिन्धुली र सिरहासम्मका नागरिक छन्।
सीडीओ खतिवडाले भने, "सबैभन्दा जोखिम त ती व्यक्तिमा अहिलेसम्म पनि लक्षण भन्ने केही देखिएको छैन। त्यसैले होशियारीपूर्वक सावधानी र सुरक्षित साथ बस्नुको विकल्प देखिएन।"
भारतबाट फर्किएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएसँगै आज अपरान्ह कंचनपुरमा कोभिड-१९ विरुद्धको जिल्लास्तरीय कार्यदलको बैठकको आकस्मिक बैठक बसेको छ।
बैठकले जिल्लामा मानिसको आवतजावतमा अझ कडाइ गर्ने निर्णय गरेको छ।
त्यस्तै सम्भावित जोखिमको लेखाजोखा गर्दै तयारी र प्रतिकार्यमा केन्द्र, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरिएको छ।
"> नाका बन्द भएपछि महाकालीबाट ट्युबमा आएका थिए कंचनपुरका संक्रमित, सँगै रहेका १० जनाको रिपोर्ट भने नेगेटिभ: Dekhapadhi
नाका बन्द भएपछि महाकालीबाट ट्युबमा आएका थिए कंचनपुरका संक्रमित, सँगै रहेका १० जनाको रिपोर्ट भने नेगेटिभ
कतारबाट आएका कैलालीका संक्रमित (हाल सेती प्रादेशीक अस्पतालमा उपचाररत्) ३४ वर्षीय युवकबाट घरकै सदस्यमा संक्रमण भएपछि नेपालमा पहिलो केस ‘लोकल ट्रान्समिसन’ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज भेटिएकामध्ये कंचनपुर बेदकोट नगरपालिकाका संक्रमित ती ४१ वर्षीय पुरुष ट्युबको सहायताले १४ चैतमा महाकाली नदी हुँदै नेपाल छिरेको कंचनपुरका सीडीओ नुरहरी खतिवडाले देखापढीलाई बताए।
"लकडाउनसँगै गड्डाचौकी नाका बन्द भएपछि महाकाली नदीबाट आएको पाइयो। उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउसमेत गरेको थियो", उनले भने।
खतिवडाका अनुसार ती व्यक्तिसहित १३ जना भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा सडक निर्माणमा मजदूर थिए।
"११ जनाको टोलीलाई बेदकोट नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो। नेपाली सेनाले उनीहरूको थ्रोट स्वाब संकलन गरेकोमा सँगै रहेका १० जनाको भने रिपोर्ट नेगेटिभ भएको मलाई जानकारी आएको छ", उनी भन्छन्।
नमूना परीक्षणको लागि थ्रोट स्वाब लिँदै नेपाली सेनाको मेडिकल टोली।
नमूना परीक्षण गर्दा पोजेटिभ देखिएका ती पुरुषको अहिले सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ।
कोरोना भाइरस संक्रमणको त्राससँगै भारतमा काम गर्न गएका मजदूरहरू घर फर्कने क्रम ह्वात्तै बढेको थियो। तर, लकडाउनका कारण घर फर्कन नपाएपछि हजारौँ सीमामा अलपत्र परेका थिए।
उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने सर्तसहित घर फर्कन दिइएको थियो।
कोरोना त्राससँगै झण्डै एक लाखको हाराहारीमा नाकाबाट घर फर्किएको तथ्यांक रहेको कंचनपुर प्रशासनले जनाएको छ।
सीडीओ खतिवडाले भने, "सबैभन्दा जोखिम त ती व्यक्तिमा अहिलेसम्म पनि लक्षण भन्ने केही देखिएको छैन। त्यसैले होशियारीपूर्वक सावधानी र सुरक्षित साथ बस्नुको विकल्प देखिएन।"
भारतबाट फर्किएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएसँगै आज अपरान्ह कंचनपुरमा कोभिड-१९ विरुद्धको जिल्लास्तरीय कार्यदलको बैठकको आकस्मिक बैठक बसेको छ।
बैठकले जिल्लामा मानिसको आवतजावतमा अझ कडाइ गर्ने निर्णय गरेको छ।
त्यस्तै सम्भावित जोखिमको लेखाजोखा गर्दै तयारी र प्रतिकार्यमा केन्द्र, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्