काठमाडौं। दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ बसेडीका गोपालसिंह धामी ट्यूबमार्फत् महाकाली नदी तरेर घर आए। भारतमा मजदुरी गर्दै आएका ४५ वर्षीय गोपाल लकडाउनका कारण घर आउन पाएका थिएनन्।
बसेडीकै ३४ वर्षीय हरिसिंह धामीसँग उनले ट्यूबमार्फत् महाकाली नदी तरेर आउने योजना बनाए। र, लुकी–लुकी राति नै नेपाल आए।
घरमा आएर उनीहरू सेल्फ क्वारेन्टाइनमा बसेको बताइयो। कोरोनाबाट बच्नका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जानकारीसहित उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसेका बताउँथे।
उनीहरू घर आएको चौतर्फी चर्चा चलेपछि गाउँपालिकाले उनीहरूको अवस्था बुझ्न सुरक्षाकर्मीसहित स्वास्थ्यकर्मीको टोली घर पठायो। चार जनाको टोली उनीहरूको घरमा पुग्दा सेल्फ क्वारेन्टाइनमा बसेको पाइएन।
मालिकार्जुन स्वास्थ्य चौकीका इन्चार्ज तेज रावत उनीहरूको घरमा पुग्दा दृश्य भने फरक देखियो।
घरमै एक छेउमा बसिरहेका थिए गोपाल। कोभिड–१९ तथा सेल्फ क्वारेन्टाइनबारे जानकारी गराउँदा उनी आफूलाई सबै कुरा थाहा भएको भन्दै पन्छिन खोजे। र, आफू आएदेखि नै सेल्फ क्वारेन्टाइनमा बसिरहेको दाबी गरे। तर, दृश्य हेर्दा सेल्फ क्वारेन्टाइनमा बसेको जस्तो देखिएको थिएन।
इन्चार्ज रावतले सेल्फ क्वारेन्टाइनमा बसेकोबारे आशंका पैदा भएपछि गोपालकी श्रीमतीलाई सोधे। उनले पनि सेल्फ क्वारेन्टाइमै बसेको दाबी गरिन्। तर, छोराछोरीले भने, ‘बाबा र हामीहरूसँगै बसिरहेका छौँ। इण्डियाबाट आएदेखि मम्मी, बाबा र हामीसँगै बसेका छौं।”
छोराछोरीले सेल्फ क्वारेन्टाइनमा नबसेको भनेपछि घर परिवारमा अन्य सदस्यहरूले झुटो बोलेको ठहर गर्दै सम्झाई बुझाई गरेर टोली फर्कियो।
गाउँपालिकाकाबाट सम्झाई बुझाई मात्र गर्नू भन्ने आदेश पाएको उक्त टोलीले सोहीबमोजिम काम गरेर फर्किएको इन्चार्ज रावतले बताए।
“भारतबाट आएकाहरू भन्दा पनि घरमै भएकालाई बढी जोखिम देखियो। गाउँपालिकाले उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ भनेर आदेश दिएको भए क्वारेन्टाइनमा राख्न सकिन्थो। तर, सम्झाई बुझाई गरेर फर्कियौँ” उनले भने।
सुरक्षा सामग्रीबिना काम गर्नु परिरहेको भन्दै इन्चार्ज रावतले आफूहरूमाथि स्वास्थ्य जोखिम बढिरहेको बताए।
“उनीहरूको परीक्षण गर्न जाँदा न मास्क थियो, न त पीपीई थियो। यसरी परीक्षण गर्दा हाम्रो पनि स्वास्थ्य जोखिम बढ्छ” उनले भने।
" /> काठमाडौं। दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ बसेडीका गोपालसिंह धामी ट्यूबमार्फत् महाकाली नदी तरेर घर आए। भारतमा मजदुरी गर्दै आएका ४५ वर्षीय गोपाल लकडाउनका कारण घर आउन पाएका थिएनन्।बसेडीकै ३४ वर्षीय हरिसिंह धामीसँग उनले ट्यूबमार्फत् महाकाली नदी तरेर आउने योजना बनाए। र, लुकी–लुकी राति नै नेपाल आए।

">